काठमाडौं । नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ ।
सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए । जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो ।
संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा आज काठमाडौँमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए ।
पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने जनाइएको छ । निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर (झण्डै रु दुई करोड ५० लाख) दिने सहमति भएको सो क्रममा जानकारी दिइएको थियो । सङ्घमा आवद्ध ११ हजार मजदूरमध्ये छनोट गरी राहत दिइने छ । मजदूरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने सो क्रममा जानकारी दिइएको थियो ।
यस्तै सङ्घले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमासमेत स्वास्थ्य सामग्री वितरण गरिने छ । त्यस्तै ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डरसमेत दिइने जनाइएको छ ।
समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रभावित मजदूरलाई राहत उपलब्ध गराउन लागिएकोमा सराहना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा राज्यको गम्भीर ध्यान गएको छ भन्नुभयो । उहाँले ज्यान दाउमा राखेर हिमाल चढिमुलुक चिनाउने पर्वतारोहीको खुलेर प्रशंसा पनि गर्नुभयो । उहाँले कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने प्रयास गरिरहेका बेला नयाँ भेरियन्टको कोरोनाका कारण पुनः प्रभावित हुने होकी भन्ने चिन्ता प्रकट गर्नुभयो । नयाँ भेरियन्ट देखिएको मुलुकबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सरकारले गरेको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री आलेले पर्यटक र अगन्तुकको सुविधाका लागि विभिन्न सुधारका काम मन्त्रालयले सुरु गरिसकेको र त्यही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुलाई बाहिर आउनका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको बताए।
यस्तै वैदेशिक रोजगारमा जानेका लागि विश्रामस्थलको व्यवस्था गरी सुविधा बढाइएको पनि उनले जानकारी गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: