काठमाडौँ । नेपालको एकिकरण भएदेखि नै नेपाल स्वाधिन, स्वतन्त्र र गौरवशाली इतिहास बोकेको तथा सांस्कृतिक, धार्मिक, प्राकृतिक र भौगोलिकरूपमा विश्वमैँ विशिष्ट स्थान राख्ने राष्ट्र हुँदाहुँदै पनि विकास र संवृद्धिका दृष्टिबाट सधैँ पछि परिरह्यो । १०४ वर्षको लामो हुकुमी शासनका बेला पनि नेपाली समाज आमरूपमा अशिक्षा, अविकास, गरिवी र कुरितिको दुष्चक्रमा बस्न वाध्य भयो।
२००७ सालमा प्रजातन्त्र स्थापनासँगसँगै देश खुला राजनीतिमा प्रवेश गरे पनि त्यसले स्थायित्व ग्रहण गर्न सकेन। २०१५ सालको पहिलो आम निर्वाचनले प्रजातन्त्रलाई संस्थागत गर्ने तर्फ दिशा निर्देश गरे पनि २०१७ सालमा देशले अर्को दुर्भाग्य बेहोर्नु पर्यो। ३० वर्ष त्यसैमा वित्यो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि पनि राजनीति व्यक्ति केन्द्रीत, स्वार्थ केन्द्रीत र ठूलो हदसम्म विदेश आश्रित रहिरह्यो । न हामीले सुसंस्कृत राजनीतिको पद्दति बसाल्न सक्यौँ न राष्ट्रियहितलाई प्राथमिकतामा राख्न सक्यौँ ।
व्यवस्था परिवर्तन भएर पनि आम जनताको समस्या संवोधन हुन नसक्दा वाह्य शक्तिको आडमा सञ्चालित सशस्त्र द्वन्द्वपछिको १२ बुँदे सहमति र त्यसबाट विकशित हुँदै गएको राजनीतिले नेपाल राष्ट्रको आधारभूत विशेषताहरूलाई नै धुजाधुजा पारिदियो । राष्ट्र एकिकरणका नायक पृथ्वीनारायण शाहको दिव्य उपदेश, राष्ट्रियहितलाई सर्वोपरि ठानी वीपी कोइरालाहरू जस्ता नेताहरूले लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति सबै गौण बने। त्यसै भएर हुनु पर्छ, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले २०६२र६३ पछिको परिवर्तनलाई “हतारमा आयात गरिएको विदेशी पोसाक” को संज्ञा दिएका। हतारमा आयात गरिएको विदेशी पोसाकको लाज र त्यसबाट सृजित समस्या ढाक्न खोज्दा, समस्याको थुप्रो झनझन चुलिँदै गएको छ।
विगत ७० वर्षमा हाम्रै छिमेकी देशहरू लगायत हामीजस्तै आर्थिक दुरावस्थाबाट गुज्रिएका सन्सारका अन्य कयौँ मुलुकहरूको ‘आमूल रूपान्तरण’ भइसक्दा पनि हामी भने देशको ‘आधारभूत रूपान्तरण’कै सपनामा रूमल्लिएर बस्न बाध्य भएका छौँ।
हुँदाहुँदै देश यस्तो विन्दूमा पुगेको छ कि अब समयमा सशक्त हष्तक्षेप नगर्ने हो भने नेपाल, नाममात्रको नेपाल रहने र नेपालीको विशिष्ट पहिाचान नै गुम्ने स्थिति छ। नेपाली समाजको हरेक तप्का राजनीतिकरणले आक्रान्त छ। कतिसम्म भने सरकारी वेतनधारी युनियन खोलेर राजनीति गर्छन्। न्यायलय राजनीतिबाट अछुतो छैन। राजनीतिले नछोएको कुनै पेशागत संगठन छैन। राष्ट्रपति, प्रधानमन्त्री, कर्मचारीतन्त्र, न्यायलय, प्रहरी, अख्तियार जस्ता देशका प्रमुख संस्थाहरूमाथि कसैको विश्वास छैन। सामाजिक, धार्मिक, जातीय विभाजनका विषवृक्षहरूले जरा गाडेको छ। विदेशी हष्तक्षेप नाङ्गोरूपमा बढेको छ भने देश शक्तिराष्ट्रहरूको कृडास्थल बनेर जाने संभावना बढ्दो छ। देशको अन्तर्राष्ट्रिय सम्मान पूर्णतस् क्षयिकृत भएको छ। ठूला भनिएका दलका नेताहरू केवल सत्ता र पैसामा केन्द्रीत रहँदा राष्ट्रिय स्वार्थ (national interest) पूर्णरूपमा गौण बनेको छ।
यो अवस्थाबाट देशलाई जोगाउन व्यक्तिगत स्वार्थ र वैचारिक आग्रहबाट मुक्त भई सर्वप्रथम देशलाई शीरमा राख्ने शक्ति र व्यक्तिहरू एकतावद्ध हुन अत्यावश्यक छ। त्यसरी एकतावद्ध भई वास्तवमैँ इमानदार र देशभक्त ‘राष्ट्रवादी’ नयाँ शक्ति निर्माण गर्न विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्तावेज “मार्ग परिवर्तनस् विचारभन्दा माथि देशलाई” आधार मान्दै अगाडि बढ्नुको विकल्प छैन। सो लक्ष्य प्राप्तिका लागि देशभर सशक्त आन्दोलनमा उत्रिनु अत्यावश्यक छ।
हामी “कल्याणकारी लोकतन्त्र”को वैचारिक आलोकमा लोकतन्त्रलाई बलियो र कल्याणकारी राज्यलाई परिणाममुखी बनाउन चाहान्छौँ । त्यसका लागि भ्रष्टाचार नियन्त्रण तथा सुशासन, सरकारी वेतनधारीहरूको युनियन खारेजी, दलीय पेशागत संगठनहरूको खारेजी, दलीय विद्यार्थी संगठनहरूको खारेजी, सामाजिक न्याय, रोजगारी, निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, न्यून आय भएकालाई आवास र गुणस्तरीय सार्वजनिक यातायात, वातावरण तथा सम्पदा संरक्षण पनि हाम्रो अभियानका सशक्त पक्षहरू हुनेछन्।
संकटका बेला, मनमा बसेको देशभक्ती कर्ममा अभिव्यक्त भएन भने देशलाई संकटबाट जोगाउन सकिँदैन। असल नागरिकको मौनता समाज र देशका लागि घातक हुनसक्छ। हामी एकिकृत नयाँ शक्तिलाई अझ बृहत् बनाउँदै लैजानमा प्रतिवद्ध छौँ। हामी ‘अस्तित्व’मा मात्र रहन होइन यो देशको ‘नेतृत्व’मा पुगेर राजनीतिले लिएको गलत बाटो सच्याउँदै यो देशको रूपान्तरण गर्न चाहान्छौँ। तसर्थ, हाम्रो यो बृहत शक्ति निर्माण अभियानमा हातेमालो गर्न, ऐक्यबद्धता जनाउन र संलग्न हुन हामी सबै नेपाली नागरिकलाई हार्दिक आह्वान गर्दछौँ।
पार्टी एकीकरणको यो सुखद क्षणमा पार्टीका सदस्य, शुभचिन्तक, मतदाता र आम नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्दछौँ।
एकीकरणका प्रमुख बुँदाहरूस्
१. एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ। पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिनेछ।
२. एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।
३. एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन्।
४. एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।
५. एकीकृत पार्टीको केन्द्रीय समितिमा अनुसूची एकमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल हुनुहुनेछ। त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा अनुसूची दुईमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना नयाँ सदस्यहरू सामेल हुनुहुनेछ।
६. एकिकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुनेछ।
७. एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको निरूपण केन्द्रीय कार्य सम्पादन समितिले केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरि गर्नेछ।
धन्यवाद सहित,
रवीन्द्र मिश्र कर्णबहादुर शाही एसपी साह सारथी
अध्यक्ष संयोजक अध्यक्ष
विवेकशील साझा पार्टी सिटिजन्स डिसकशन फोरम राष्ट्रिय जनता दरबार पार्टी
अनुसूची एक
केन्द्रीय समिति सदस्यहरूको नामावली
सिटिजन्स डिसकशन फोरमस्
१. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. रमेश श्रेष्ठ ५. डा नन्द प्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. राजु वस्याल ८. धर्मराज शाक्य ९.राकेश कृष्ण अमात्य १०. सुरेश अर्याल ११. शान्ती ढुङ्गाना १२. विपना शर्मा १३. तारा सापकोटा १४. डा पुर्ण शाही १५. लक्ष्मी अधिकारी १६. मुना अधिकारी १७. दुर्गा कार्की १८. माधव भण्डारी १९. रमेश नेपाल। २०. धर्म मानन्धर २१. सौरेन्द्र बहादुर शाह २२. लक्ष्मण सिटौला २३. उत्तम निरौला २४. रोशन शिवाकोटी २५. सुदर्शन शर्मा २६. शान्ता गिरी २७. विन्दु हमाल २८. चन्द्रावती ढकाल २९. रविना अमगाईं ३०. गोपाल प्रसाद भण्डारी ३१. चन्द्रिका ढकाल
राष्ट्रिय जनता दरबार पार्टीस्
१. एसपी साह सारथी २. निरज थापा ३. श्रीराम पाण्डे कल्पित ४. डम्बर खत्री ५. सन्तोष चौहान ६. नरेश चौलागाईं ७. सुरज भारद्वाज बोहोरा ८. टिकाराम बर्तौला ९. विनोद कुमार रायमाझी १०.रिता पाठक ११. वसन्ती ज्ञवाली १२. रचना सापकोटा १३. प्रमोद उप्रेती १४. अमृता चौलागाईं
अनुसूची दुई
केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरूको नामावली
१. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. राकेश कृष्ण अमात्य ५. डा नन्दप्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. एसपी साह सारथी ९. निरज थापा १०. श्रीराम पाण्डे कल्पित ११. विनोद कुमार रायमाझी
प्रतिकृया लेख्नुहोस्: