Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

फेकनले बुझायो शिक्षामन्त्रालयमा ९ बुँदे मागपत्र

\"fecon\"१७ साउन, काठमाण्डौ । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले शिक्षा मन्त्रालयले  जारी गरेको निर्देशिका सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका शैक्षिक संघ र विद्यार्थीको हितमा नभएको भन्दै फेकनले असन्तुष्टि जनाउँदै आएको थियो । फेकनले निर्देशिकामा असन्तुष्टि जनाउँदै नौ वटा मागहरु राखेको छ । टोफेल, आइएलटियस जस्ता परिक्षाहरुमा ७५ प्रतिशत ल्याउनुपर्ने अनिवार्यता हटाउन र विश्वविद्यालयको डिग्रीलाई मान्यता दिनु पर्ने फेकनले माग गरेको छ । त्यस्तै एजेन्ट र कन्सल्टेन्टको भिन्नता छुट्याउन पनि फेकनले आग्रह गरेको छ । कन्सल्टेन्सी अनुगमन समितिमा इक्यानसँगै आफूलाई पनि समावेश गर्न माग गर्दै उसले शिक्षा मन्त्रालयललाई आग्रह गरेको छ । ‘एउटा मात्रै संघसँग मिलेर अनुगमन गर्दा आफ्नो मात्रै पक्षपोषण गर्न खोजेको भान हुन्छ । फेकन र अन्य शैक्षिक परामर्श संघलाई पनि अनुगमन समितिमा राख्दा सबैलाई अनुगमनमा सहज हुन्छ भन्ने हाम्रो भनाई हो ।’  फेकनका अध्यक्ष युवराज कटुवालले भने । आफूहरुले व्यवसायी र विद्यार्थीका हितका मुद्धा उठाएका भन्दै मन्त्रालयले हाम्रा मागहरु सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे । फेकनले उठाएका मागहरु जायज रहेको भन्दै पूरा गराउन आफूहरु लागिपर्ने शिक्षा मन्त्रालयका उपसचिव नन्दलाल पौडेलले बताए । उनले भने– ‘उहाँहरुले उठाएका मुद्धाहरु केही त हामीले निर्देशिकामा सच्याइसकेका छौं । सबैको हितमा हुने गरी हामी सच्याउन तयार नै छौं ।’ अनुगमन समितिका सह–सचिव समेत रहेका उनले असोजबाट नयाँ निर्णय गरेर फेकन लगायत संस्थालाई समितिमा ल्याउन सकिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending