भरतपुर । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् ।
उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र सङ्घ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताए ।
एमालेको महाधिवेशनको उद्घाटनसत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उनले भने, “हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन् ।”
उनले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाए । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उनको भनाइ छ । भट्टराईले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाए ।
उनले कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको बताए । “जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छ”, उनले बताए । अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने उनले बताए ।
सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १०औँ महाधिवेशनबाट देश नै खुसी बनेको बताए । उनले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सानदाररुपमा सफल भएको जिकिर गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १५:१७
भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्...
जेष्ठ ३ गते, २०७९ - १४:५९
सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २...
जेष्ठ ३ गते, २०७९ - १४:४४
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएक...
जेष्ठ ३ गते, २०७९ - १४:२४
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् । कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ...
जेष्ठ ३ गते, २०७९ - १४:०४
काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको ...
जेष्ठ ३ गते, २०७९ - १३:४७
रोल्पा । रोल्पाको एक नगरपालिकासहित छ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्...
जेष्ठ ३ गते, २०७९ - १३:३०
भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका...
जेष्ठ ३ गते, २०७९ - १३:१०
रुपन्देही । तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ...
जेष्ठ ३ गते, २०७९ - ११:१०
लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...
जेष्ठ ३ गते, २०७९ - १०:५०
भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी
प्रतिकृया लेख्नुहोस्: