तनहुँ । तनहुँको खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले उक्त खण्ड मर्मतका लागि दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गर्न लागेको हो ।
उक्त सडकखण्डको दोभानमा सडक स्तरोन्नति गर्ने क्रममा हाल रहेको सडकलाई चौडाइ गर्नुपर्ने र त्यसका लागि केही समय सडक बन्द गर्दै निर्माण गर्नुपर्ने निमित्त डिभिजन प्रमुख कल्याण खड्काले जानकारी दिए । “निर्माण कार्य गर्दा दुर्घटना घट्न सक्ने सम्भावना देखिएकाले सडक चौडा पार्ने कार्य सम्पन्न नहुञ्जेल सडक अवरुद्ध हुनेछ”, उहाँले भन्नुभयो । सडक निर्माणका क्रममा सडक अवरुद्ध भए पनि आवश्यकताअनुसार करिब १ घण्टा बन्द हुने तथा ३० मिनेट सडक खोलिनेछ ।
उक्त सडकखण्ड गत साउनदेखि स्तरोन्नति सुरु गरिएको हो । उक्त कामका लागि कार्यालयले काठमाडौँस्थित श्री महालक्ष्मी÷हिमाली जेभीबीच सम्झौता गरेको थियो । खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्रे गरिनेछ ।
रु सात करोड ४५ लाख २१ हजारको लागतमा उक्त कामको ठेक्का लागेको छ । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो तर वर्षा र कोरोनाको कारण समयमै काम सुरु हुन सकेको थिए । विसं २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ ।
खैरेनीटार–भिमाद सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर ठूला–ठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार र म्याग्दे गाउँपालिका–५ थाङ्दीदेखि भिमादको पुलसम्म सडकको दुरावस्था छ । कतिपय स्थानमा सडकको कालोपत्रे देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्धारमा पनि सडकको हालत बिजोग छ ।
जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । नवलपुर, पाल्पा र स्याङजाका विभिन्न स्थानका सवारी र यात्रु यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: