Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नेपालको राष्ट्रिय धर्म हिन्दू, यसलाई कसैले समाप्त गर्न सक्दैनः बामदेव गौतम

\"bamdevgautam\"१८ साउन, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले ८० प्रतिशतभन्दा बढी हिन्दू रहेको नेपालको राष्ट्रिय धर्म हिन्दू भएको बताएका छन् । बोल बम काँवरिया सङ्घले आइतबार राती सुन्दरीजलस्थित ओखरेनी माध्यमिक विद्यालयमा आयोजना गरेको बोल बम काँवर यात्रा विशेष कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले सो कुरा बताएका हुन् । ‘यो देशबाट हिन्दू धर्मलाई कसैले समाप्त गर्न सक्दैन, ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको नेपालबाट कसले हिन्दू धर्म समाप्त गर्न सक्छ ?, धर्मका नाममा मानिस उचाल्ने र पछार्ने काम गरिनुहुन्न, धार्मिक सुधार भने आवश्यक छ’, उनले भने । उनले सबैको अधिकार समेटिएको संविधान आउने भएकाले जनता फुटाउने काममा नलाग्न आग्रह गरे । गोकर्णेश्वर नगरपालिका–४ स्थित रामजानकी निम्न मावि नजिकैको ४२ रोपनी सार्वजनिक जग्गा बोल बम धाम निर्माणका लागि भोगाधिकारसहित दिन सरकार तयार रहेको प्रतिबद्धता पनि उनले जनाए । धाम निर्माणका लागि रु ५० लाख आफूले चन्दा मागेर सहयोग जुटाइदिने प्रतिबद्धतासमेत गृहमन्त्रीले गरे । कार्यक्रममा पूर्वमन्त्री अनिलकुमार झाले ठूला दल मधेसका जनतालाई संवैधानिकरुपमा अधिकार दिन तयार नभएको बताए । सभासद् डा अमरेशकुमार सिंहले संविधानमा मधेसवासीको अधिकार समेट्न क्रियाशील भएर लागेको उल्लेख गरे । कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष डा उपेन्द्र महतो ,हिन्दू राष्ट्र बचाउ अभियानका सहसंयोजक प्रेमनिधि भारद्वाज, सङ्घका संस्थापक अध्यक्ष छोटेलाल साह, अध्यक्ष रामाज्ञा रौनियार र सल्लाहकार गौतम खनाललगायतका वक्ताले बर्सेनि सुन्दरीजलमा साउन महिनामा लाखौँ बोल बम यात्री आउने भएकाले बोल बम धाम निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन हुनेमा जोड दिएका थिए । आइतबार राति नै सुन्दरीजल आइपुगेका भक्तजन राति १२ बजेपछि स्नान गरी बाग्मती नदीको सुन्दरीमाई मन्दिरमुनिबाट खाली गोडा शुद्ध जल ल्याई आज पशुपतिनाथ मन्दिरमा चढाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending