Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

३९ उच्च मावि खारेज, ललितपुरका सबैभन्दा धेरै

\"HSEB\"१८ साउन, काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ । दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ । उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६।१ बमोजिम उनीहरुको सम्बन्धन खारेज गरिएको परिषद्ले स्पष्ट पारेको छ । खारेजी प्रक्रियामा रहेको भन्दै ७१ वटा उच्च माविलाई परिषद्ले गएको असार ७ गते सार्वजनिक सूचना प्रकाशित गरी १५ दिनभित्रमा स्पष्टीकरण दिन आग्रह गरेको थियो तर परिषद्को आग्रह अनुसारको स्पष्टीकरण दिन नसकेका उच्च मावि खारेजीमा परेका हुन् । परिषद्ले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी ३९ वटा उच्च मावि खारेज गरिएको जनाएको छ । सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका उच्च मावि परेका छन् । परिषद्का अनुसार ललितपुरका सात वटा उच्च माविको सम्बन्धन खारेज भएको छ । त्यस्तै, काठमाडौँ र मोरङका पाँच÷पाँच वटा, झापा, मकवानुपर, तनहुँ र नवलपरासीका दुई÷दुई वटा उच्च मावि खारेज भएका छन् । परिषद्का अनुसार इलाम, उदयपुर, धनुषा, दोलखा, काभ्रे, भक्तपुर, लमजुङ, रुपन्देही, प्युठान, रुकुम, बर्दिया र सुर्खेतका एक÷एक वटा उच्च मावि खारेजीमा परेका छन् । खारेज हुनेमध्ये सामुदायिक विद्यालयको उच्च मावि दुई वटा, क्याम्पस १३ वटा, निजी २० वटा, संस्थागत दुई, प्लस टु मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका दुई वटा रहेका छन् । परिषद्बाट कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउन यसअघि अनुमति लिएका ती उच्च माविलाई कुनै पनि शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउनु समेत परिषद्ले सूचित गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending