Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

‘पशुपति ठूलो तीर्थ भइकन पनि बाहिर सुने जस्तो पाइएन’

\"Pashupati\"१८ साउन, काठमाडौं । साउन महिनाको अवसर पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने दर्शनार्थी भूकम्पले जीर्ण भवनका संरचनाका कारण भयभीत हुनुपरेको गुनासो गर्छन् । वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटकपटकका परकम्पले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मूल मन्दिरमा क्षति नभए पनि वरिपरिका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मन्दिर, सत्तल एवम् पाटी पौवा चर्किएर जीर्ण बनेपछि भक्तजन भयभीत हुन थालेका हुन् । पश्चिमपट्टिको मूल प्रवेशद्वारमै रहेका महास्नानघर र गुरुज्यू सत्तल भूकम्पले चिराचिरा परी भत्किने अवस्थामा पुग्दा पूजाआजा एवम् दर्शनका लागि लाममा बस्न डर लाग्ने गरेको दर्शनार्थी रेणुका दवाडीले बताइन् । ‘साउन महिनाको विशेषगरी सोमबार पूजाआजा एवम् दर्शनका लागि पशुपति आउँछौँ, यी दिन भीड हुने भएकाले लाममा नबसी हुँदैन मूल प्रवेशद्वारमै रहेको दुई भवनमा ठूला चिरा देखिँदा लाममा बसेका बेला भवन भत्किएर थिच्ला भनी डराउनुपरेको छ’, उनले भनिन् । दर्शनार्थीको धेरै भीड लाग्ने समयमा पनि पशुपति क्षेत्र विकास कोषले जीर्ण संरचनाको व्यवस्थापन नगर्दा भक्तजनमा त्रास बढेको दर्शनका लागि सुदूरपश्चिमबाट आएका भक्तराम जोशीले गुनासो गरे। महास्नानघर जीर्ण बनेपछि माथिल्लो तलामा कार्यालय रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिसमेत हटेको छ । पशुपति ठूलो तीर्थ भइकन पनि बाहिर सुने जस्तो नपाइएको एक महिनाअघि पशुपति प्रहरी पोस्टमा सरुवा भई आएका हवल्दार चन्द्र घर्तीले अनुभव सुनाए । कोषका सदस्य सचिव डा गोविन्द टण्डन जीर्ण भवन भत्काउन नेपाल प्रहरी र नेपाली सेनाको समूह आउँदा सहरी विकास तथा भवन निर्माण विभागको अनुमति बिना ऐतिहासिक जीर्ण भवन भत्काउन नपाइने निर्णय भएको भन्ने सुनेकाले रोकिएको बताए । ‘विभागको पत्र पनि आएको छैन, सुनेकै आधारमा जीर्ण भवन भत्काउन रोकिएको छ, महास्नान घरको झ्याल र गुरुज्यू सत्तल बढी जोखिममा छ, यिनको भवन भत्किए पनि लाममा बसेका मानिसलाई असर नगर्ने गरी असुरक्षित स्थानमा डोरी टाँगी जान निषेध गरिएको छ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending