काठमाडौं । ‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ । आउदो शुक्रबार देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान समाजिक फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको निर्माता, निर्देशक ऋषिराज आचार्यले बताए।
हाँस्यकलाकारहरु रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे) लगायत नवकलाकार अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म कतिमा बेचिएको हो, त्यो भने निर्देशकले खुलाउन चाहनेनन् । ‘वर्तमान परिप्रेक्ष्यमा महंगै रकममा सम्झौता भएको छ,’ उनले भने,‘उहाँहरुले फिल्मको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । आज सम्झौता भयो ।’
‘चुरीफुरी’ केही समयभित्रै अष्ट्रेलियका विभिन्न शहरमा प्रदर्शन गरिने उनको भनाइ छ। निर्देशक ऋषिराजकै लेखन रहेको फिल्म राहुल राईले खिचेका हुन् भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो ।
डिसिएनले वितरण गर्ने फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने बताइएको छ । निर्देशक स्वयमका साथमा रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती,शिब थापा र खेमराज भण्डारी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: