काठमाडौं । ‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ । आउदो शुक्रबार देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान समाजिक फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको निर्माता, निर्देशक ऋषिराज आचार्यले बताए।
हाँस्यकलाकारहरु रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे) लगायत नवकलाकार अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म कतिमा बेचिएको हो, त्यो भने निर्देशकले खुलाउन चाहनेनन् । ‘वर्तमान परिप्रेक्ष्यमा महंगै रकममा सम्झौता भएको छ,’ उनले भने,‘उहाँहरुले फिल्मको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । आज सम्झौता भयो ।’
‘चुरीफुरी’ केही समयभित्रै अष्ट्रेलियका विभिन्न शहरमा प्रदर्शन गरिने उनको भनाइ छ। निर्देशक ऋषिराजकै लेखन रहेको फिल्म राहुल राईले खिचेका हुन् भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो ।
डिसिएनले वितरण गर्ने फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने बताइएको छ । निर्देशक स्वयमका साथमा रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती,शिब थापा र खेमराज भण्डारी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...
फाल्गुन २१ गते, २०८२ - ०८:५५
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...
फाल्गुन २१ गते, २०८२ - ०८:५१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...
फाल्गुन २१ गते, २०८२ - ०८:४८
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...
फाल्गुन २१ गते, २०८२ - ०८:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...
फाल्गुन २१ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...
फाल्गुन २१ गते, २०८२ - ०७:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...
फाल्गुन २१ गते, २०८२ - ०७:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...
फाल्गुन २१ गते, २०८२ - ०७:३९
मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...
फाल्गुन २१ गते, २०८२ - ०७:२८
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...



प्रतिकृया लेख्नुहोस्: