काठमाडौँ । कानुनका जानकारहरुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि विद्यमान ३४५ ऐनमध्ये ५९ ऐनमा विभेदकारी व्यवस्था भएको तथ्य प्रस्तुत गरेका छन् ।
कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आयोजना गरेको कार्यक्रममा उनीहरुले कानुनको विभेदकारी व्यवस्था र सामाजिक अवस्थाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले थप पीडा भोग्नुपरेको धारणा व्यक्त गरेको थियो । सङ्गठनले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले भोगिरहेका विद्यमान विभेद्कारी कानुनसम्बन्धी वृतचित प्रदर्शनी गर्नुका साथै छलफल कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सङ्घीय संसद्को कानुन, न्याय तथा मानवाधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मनोसामाजिक अपाङ्गताको समस्या जुनसुकै व्यक्तिलाई हुनसक्ने जनाउँदै मनोसामाजिक अपाङ्गतामाथिको भेद्भाव मानवताविरुद्धको अपराधको भएको उल्लेख गरे ।
साथै उनले नेपालको संविधान जारी भएपछि संसद्ले निर्माण गरेका कानुन मनोसामाजिक अपाङ्गतामाथि भेद्भाव नहुने गरी बनाइएको स्पष्ट पार्दै भेद्भाव रहेका विद्यमान कानुन संशोधनका लागि तत्काल सरकारलाई निर्देशन दिने बताए ।
संसद्कै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिमाथि भेद्भाव हुने कानुन संशोधनका लागि समितिले प्रतिबद्ध रहेको बताए । संसद्कै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले मनोसामाजिक अपाङ्गता व्यक्तिमाथिको भेद्भाव संवेदनशील र सबैको सरोकारको विषय भएकाले कानुन बनाउदा आगामी दिनमा यसतर्फ ध्यान केन्द्रीत गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले नेपालको संविधानमा रहेका नागरिक अधिकार व्यवस्था, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रिसङ्घीय महासन्धी र ऐनका विभेद्कारी व्यवस्थाबारे प्रस्तुति दिएको थियो ।
उनका अनुसार विद्यमान ३४५ ऐन र २८८ नियमावलीमध्ये ६९ ऐन र १२ नियमावलीमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि विभेद्कारी प्रावधान छन् । जसले उनीहरुलाई विभिन्न अधिकारको उपभोग गर्नबाट बन्देज गरेको छ ।
साथै नागरिक, आर्थिक र राजनीति अधिकार हनन् हुनुका साथै अपमानजनक शब्दावलीको प्रयोग गरिएको आरोप छ । कोशिस संस्थाको पहलमा हालै विभेद्कारी कानुनी तथा अपमानजनक शब्दावलीको खारेजी वा संशोधन र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको मतदानको अधिकारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दायर गरिएको छ ।
कोशिसका कार्यकारी निर्देशक मातृकाप्रसाद देवकोटाले मनोसामाजिक अपाङ्गता सम्बन्धमा समाजले अझै पनि स्वीकार्न नसकेको तथ्य सुनाउँदै त्यस्ता व्यक्तिमाथि गरिने भेद्भावले जीवनभरी कलङ्कका रुपमा सहनुपर्ने बाध्यता र आत्महत्या समेत बढ्ने गरेको उल्लेख गरे ।
मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या र सचेतना, अभिमुखिकरण, स्फूिर्त स्मरण शक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्यसम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थितिअनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति मानसिक वा मनोसामाजिक अपाङ्गता हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: