Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन् । माओवादीको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्तिप्रक्रियापछि विचार, सङ्गठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौ भनेर आत्मसमीक्षा गरिने बताए ।
 
 महाधिवशेनमा पेश गर्न आफूले तयार गरेको राजनीतिक प्रतिवेदनमा आफूले पहिलो आत्मसमीक्षा गरेको उल्लेख गर्दै उनले भने, “जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो, बाह्रबुँदे र शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधान निर्माणमा नेतृत्व गर्ने अवसर मालाई जुट्यो । तर पछिल्ला समय माओवादी आन्दोलन कमजोर देखिनुमा प्रमुख नेताको मैले आफैँलाई समीक्षा गरेको छु ।”
 
नेपालका कम्युनिष्ट शक्तिबीच ध्रुवीकृत गर्ने उद्देश्यले माओवादी र नेकपा (एमाले) बीच पार्टी एकता गरेर गल्ती गरिएको थिएन भन्दै उहाँले के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ भनेर दुवै पक्षले समीक्षा गर्नुपर्ने बताए । “त्यसको समीक्षा गरौँ, हामीले गल्ती गरेका थिएनौँ । हामीले यो देशलाई स्थायित्व र समाजवादतर्फ लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ”, प्रचण्डले भने ।
 
महाधिवशेनपछि माओवादीलाई मात्र नभई देश र जनतालाई नयाँ उत्साह दिन चाहेको उनको भनाइ छ । मधेसी जनताका हक अधिकारका लािग आफूले प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको विषय उठान गरेको उल्लेख गर्दै उहाँले मधेसी र आदिवासी जनजातिको हकअधिकार संरक्षणका लागि आफूले पहल गरेको स्मरण गरे।
 
पछिल्लो चरण पार्टीमा विचार सुशासन जनताको आकांक्षा पूरा गर्न गरिबलाई राहत दिन विभिन्न पार्टीसँग नजिक भएर काम गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा गठबन्धनभन्दा अगाडि बढेर जान आफूहरू तयार रहेको बताए। राजनीतिमा इमान्दारिता आवश्यक रहेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एक अर्कालाई प्रधानमन्त्रीमा समर्थन गरेर नमूना प्रस्तुत गरेको बताए । प्रधानमन्त्रीले वर्तमान गठबन्धनलाई चुनावपछि सम्म पनि लैजाने बताएको सन्दर्भ कोट्याउँदै उनले प्रधानमन्त्रीले राष्ट्रले अवाश्यक ठानेको अवस्थामा उचित कदम लिने गरेको बताए ।
 
प्रतिवेदनमार्फत आफूले अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन र गम्भीर समीक्षा, समाजवाद र पूँजीवादबीचको अन्तर, उत्पादन सम्बन्धका अवस्थाका सम्बन्धमा नयाँ निष्कर्ष दिन खोजिएको उनले बताए। “नेपालको ऐतिहासिक पृष्ठभूमि सहित हामी कहाँ आइपुगेका छौँ, नेपालको अगाडिका देखिएका चुनौतीलाई समाधान गर्न खोजिएको छ”, उनले भने ।
 
“विज्ञान प्रविधिको विकासको विश्व अर्थतन्त्रमा कस्तो प्रभाव छ रु अर्थनीति, मानिसको आपसी सम्बन्धमा कस्तो प्रभाव छ रु समीक्षा गरिएको छ । विज्ञान प्रविधिले समाजवादलाई अस्वीकार गरेको छ की समाजवाद नभइ नहुने भनेको छ रु वित्तीय पूँजीवादको वर्चश्वले धनी र गरिबको खाडल बढेको छ कि घटेको छ रु सीमित विकसित देशमा केन्द्रीत भएको साधनस्रोत र पूँजी तथा अल्पविकसित मुलुकमा दरार पैदा भएको छ । त्यसकारण समाजवाद झन आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ”, अध्यक्ष दाहालले भन ।े
 
कस्तो कार्यदिशा अनुसार समाजवाद उन्मुख समृद्धि भनेको हो, त्यो समाजवादउन्मुख समृद्धि हुँदै सामाजिक न्याय, उत्पीडित वर्ग जाती क्षेत्र समुदायको हक अधिकारलाई संरक्षण गर्ने के उपाय हुन्छ भन्ने विषयमा परिमार्जित रणनीति र कार्यनीति प्रस्तुत गरिएको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending