Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन् । माओवादीको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्तिप्रक्रियापछि विचार, सङ्गठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौ भनेर आत्मसमीक्षा गरिने बताए ।
 
 महाधिवशेनमा पेश गर्न आफूले तयार गरेको राजनीतिक प्रतिवेदनमा आफूले पहिलो आत्मसमीक्षा गरेको उल्लेख गर्दै उनले भने, “जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो, बाह्रबुँदे र शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधान निर्माणमा नेतृत्व गर्ने अवसर मालाई जुट्यो । तर पछिल्ला समय माओवादी आन्दोलन कमजोर देखिनुमा प्रमुख नेताको मैले आफैँलाई समीक्षा गरेको छु ।”
 
नेपालका कम्युनिष्ट शक्तिबीच ध्रुवीकृत गर्ने उद्देश्यले माओवादी र नेकपा (एमाले) बीच पार्टी एकता गरेर गल्ती गरिएको थिएन भन्दै उहाँले के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ भनेर दुवै पक्षले समीक्षा गर्नुपर्ने बताए । “त्यसको समीक्षा गरौँ, हामीले गल्ती गरेका थिएनौँ । हामीले यो देशलाई स्थायित्व र समाजवादतर्फ लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ”, प्रचण्डले भने ।
 
महाधिवशेनपछि माओवादीलाई मात्र नभई देश र जनतालाई नयाँ उत्साह दिन चाहेको उनको भनाइ छ । मधेसी जनताका हक अधिकारका लािग आफूले प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको विषय उठान गरेको उल्लेख गर्दै उहाँले मधेसी र आदिवासी जनजातिको हकअधिकार संरक्षणका लागि आफूले पहल गरेको स्मरण गरे।
 
पछिल्लो चरण पार्टीमा विचार सुशासन जनताको आकांक्षा पूरा गर्न गरिबलाई राहत दिन विभिन्न पार्टीसँग नजिक भएर काम गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा गठबन्धनभन्दा अगाडि बढेर जान आफूहरू तयार रहेको बताए। राजनीतिमा इमान्दारिता आवश्यक रहेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एक अर्कालाई प्रधानमन्त्रीमा समर्थन गरेर नमूना प्रस्तुत गरेको बताए । प्रधानमन्त्रीले वर्तमान गठबन्धनलाई चुनावपछि सम्म पनि लैजाने बताएको सन्दर्भ कोट्याउँदै उनले प्रधानमन्त्रीले राष्ट्रले अवाश्यक ठानेको अवस्थामा उचित कदम लिने गरेको बताए ।
 
प्रतिवेदनमार्फत आफूले अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन र गम्भीर समीक्षा, समाजवाद र पूँजीवादबीचको अन्तर, उत्पादन सम्बन्धका अवस्थाका सम्बन्धमा नयाँ निष्कर्ष दिन खोजिएको उनले बताए। “नेपालको ऐतिहासिक पृष्ठभूमि सहित हामी कहाँ आइपुगेका छौँ, नेपालको अगाडिका देखिएका चुनौतीलाई समाधान गर्न खोजिएको छ”, उनले भने ।
 
“विज्ञान प्रविधिको विकासको विश्व अर्थतन्त्रमा कस्तो प्रभाव छ रु अर्थनीति, मानिसको आपसी सम्बन्धमा कस्तो प्रभाव छ रु समीक्षा गरिएको छ । विज्ञान प्रविधिले समाजवादलाई अस्वीकार गरेको छ की समाजवाद नभइ नहुने भनेको छ रु वित्तीय पूँजीवादको वर्चश्वले धनी र गरिबको खाडल बढेको छ कि घटेको छ रु सीमित विकसित देशमा केन्द्रीत भएको साधनस्रोत र पूँजी तथा अल्पविकसित मुलुकमा दरार पैदा भएको छ । त्यसकारण समाजवाद झन आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ”, अध्यक्ष दाहालले भन ।े
 
कस्तो कार्यदिशा अनुसार समाजवाद उन्मुख समृद्धि भनेको हो, त्यो समाजवादउन्मुख समृद्धि हुँदै सामाजिक न्याय, उत्पीडित वर्ग जाती क्षेत्र समुदायको हक अधिकारलाई संरक्षण गर्ने के उपाय हुन्छ भन्ने विषयमा परिमार्जित रणनीति र कार्यनीति प्रस्तुत गरिएको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...

कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...

विश्वविद्यालयमा दलीय विद्यार्थी संगठनका संरचना हटाइने, कोठा–भवन–जमिन नदिने निर्णय

विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने

क्रियाशिल सदस्यतामा अलमल नपरौँ, झनै व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने, ९ वटा मुख्य एजेन्डा तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...

शिशु आहारमा मुसाको विष भेटिएपछि...

काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि

हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending