Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

माओवादीमा महासचिवको सकस : को पर्ला प्रचण्डको रोजाइमा ?

जनार्दन र वर्षमानको प्रतिस्पर्धाले हुनसक्छ पम्फाको भाग्योदय

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारबाट काठमाडौंमा जारी छ। महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। 

अध्यक्षमा पुनः प्रचण्ड नै दोहोरिने निश्चित भएपनि अध्यक्षपछिको जिम्मेवार महासचिव पदमा को आउला? भन्ने आम चासोको बिषय बनेको छ। अहिले महासचिव बन्नेलाई प्रचण्डपछिको उत्तराधिकारीको रुपमा हेर्ने भएकाले महासचिवमा धेरैको चासाे बढेको हो। 

माओवादीले नेतृत्व चयनमा सर्वसम्मत नभए निर्वाचनमा जाने बताइरहँदा महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल र कृष्णबहादुर महराको चर्चा छ। 

प्रचण्डको विश्वास प्राप्त नेताहरु नै महासचिवमा आकांक्षा व्यक्त गर्दैगर्दा प्रचण्डलाई व्यक्ति चयनमा सकस पर्ने देखिन्छ। महाधिवेशनमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।  

महासचिवमा चर्चा रहेका चारमध्ये शर्मा र पुनको सम्भावना ज्यादा छ। महरा र भुसाल उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ। त्यसो त भुसालको सम्भावना पनि कमजोर भइरहेको छैन। शर्मा र पुनबीच प्रतिस्पर्धा चलिरहे समावेशको रुपमा भुसालको भाग्योदय हुनसक्ने सम्भावना पनि देखिएको छ। 

तर, महासचिव कसलाई बनाउने भन्ने विषयमा कार्यकर्ता पंक्ति भने विभाजित हुन थालिसकेको छ। प्रचण्ड महासचिव चयनको विषयले यो मानसिक विभाजन अरु नबढोस् भन्ने पक्षमा छन्। कार्यकर्ता पंशक्तिबाट शर्मा या पुन भनेर विभाजित भइरहेको अवस्थामा प्रचण्डले तेस्रो व्यक्तिको रुपमा भुसालको नाम लिनसक्ने आलकन गर्न थालिएको छ। 

जनयुद्ध सुरु हुनुअघि नै तत्कालिन मशालको खुला मोर्चा संयुक्त जनमोर्चाको अध्यक्ष रहिसकेकी भुसाल शान्ति प्रक्रियामा आउनुअघिसम्म माओवादी नेतृत्वपंक्तिको वरियतामा पुन भन्दा अगाडि थिइन्, शर्मा भन्दा अहिलेपनि वरियतामा अगाडि नै छिन्। 

भुसाल २०५१ मा नै माओवादीको केन्द्रीय सदस्य बनिसकेकी थिइन् भने पुन र शर्मा २०५४–५५ मा केन्द्रीय सदस्य बनेका हुन्।  प्रतिनिधि सभाको तेस्रो ठूलो दलको महासचिव महिलालाई बनाउँदा राष्ट्रिय राजनीतिमा फरक सन्देश जाने र पार्टीको पक्षमा आधा आकाश ढाक्ने महिलाहरुको आकर्षण बढ्ने भएकाले पनि महासचिवमा भुसालले बाजी मार्ने सम्भावना अझै छ। 

पुन वा शर्मामध्ये एकलाई चयन गर्ने स्थितिमा भने पुनले बाजी मार्न सक्छन्। एमाओवादी कालमा सचिव भइसकेकाले बरियतामा शर्मा भन्दा माथि रहेका, अपेक्षाकृत युवा, वैचारिक दृष्टिले सवल, अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिको ज्ञान, अध्यक्ष प्रचण्डले निरन्तर भरोसा गरेको नेता भएका कारण उनी प्रचण्डको रोजाईमा पर्न सक्छन्। 

जटिल खालको जण्डिस रोगका कारण उपचारका लागि ब्याङ्कक पुगेका पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि चीनको सेन्जेन लगिएको थियो। महाधिवेशनका लागि स्वदेश फर्कने तयारीमा थिए उनी। तर, स्वास्थ्यमा थप समस्या देखिएपछि उतै रहेकाले उनी महाधिवेशनमा उपस्थिति हुन सकेनन्। 

त्यसो त महासचिवमा शर्माको सम्भावना पनि उत्तिकै बलियो छ। पुनको अनुपस्थितीमा निर्वाचन नै हुने अवस्था आएपछि शर्माको पल्लाभारी पर्ने देखिएको छ। प्रचण्डलाई सर्वसहमतिमै नेतृत्व चयन गर्न महासचिव बाहेक अन्य पदमा ठुलो समस्या पर्ने देखिएको छैन। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending