रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए।
निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ ।
ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापको विसं २०५० फागुन १६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएका थापामगर हालसम्म फरार रहेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा मगरलाई आफ्नै घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
निजकी श्रीमतीले घरमै भएका श्रीमान् होमबहादुरका बारेमा विभिन्न झुक्यानमा पारी भगाउन खोज्दै गर्दा प्रहरीले खोजतलासको क्रममा घरको मााथिल्लो तलामा डोकोभित्र लुकेर बसेको अवस्थामा फेला परेको हो । निज अभियुक्तलाई आजै जिल्ला अदालत पेश गरिने प्रहरीले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - ०९:३०
संविधान संशोधन गर्न कार्यदल गठन गरिने
पौष ११ गते, २०८१ - ०९:०७
पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरग...
पौष ११ गते, २०८१ - ०९:०३
भरतपुर । महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष...
पौष ११ गते, २०८१ - ०८:५८
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
पौष ११ गते, २०८१ - ०८:४१
दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड...
पौष ११ गते, २०८१ - ०८:००
काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले अन्य फौजदारी अभियोग लागेका व्यक्ति र रवि लामिछानेमाथि गरिएको व्यवहार फरक भएको आरोप लगाएका छन् । उनले...
पौष ११ गते, २०८१ - ०७:५०
काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर...
पौष ११ गते, २०८१ - ०७:४२
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छ...
पौष ११ गते, २०८१ - ०७:३८
काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्...
पौष ११ गते, २०८१ - ०७:२२
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौं, पोखरा, नारायणगढदेखि बुटवलबा...
प्रतिकृया लेख्नुहोस्: