Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

माओवादी महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर...

खबरडबली संवाददाता

काठमाडौँ ।  झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उहाँलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ?

आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला र ?भीमबहादुरलाई पनि यस्तै भएको थियो । माइलो पुष्पराज र कान्छो धीरेन्द्र बस्नेत विसं २०६० मङ्सिरदेखि बेपत्ता छन् । न त लाश देखियो, न तिनको सास नै भेटियो । सत्ताका विरुद्ध आवाज उठाएकै कारण, राज्यका विरुद्ध विद्रोहको झण्डा बोकेकै कारण बेपत्ता पारिएका छोराहरूले रोजेको बाटो अँगाल्न एउटा बाबु अभिशप्त भयो ।

तत्कालीन शाही सेनाको भैरवनाथ गणबाट बेपत्ता भएका छोराको पदचाप पछ्याउँदै जाँदा भीमबहादुरलाई दह्रो हृदय भएको बाबु बनाइदियो । छोराको खोजीमा काठमाडौँका सडक नाघ्दा आइपरेको हैरानी अझै भुल्नुभएको छैन उहाँले । तत्कालीन शाही सेनाको ब्यारेकदेखि मानवअधिकार आयोगसम्मको म्यारथुन दौड धेरै पुरानो भएको छैन ।

विस्तृत शान्ति सम्झौता भएको पनि लामो समय भयो । तर भैरवनाथ गणबाट हराएका छोरा फर्केर आएका छैनन् अझै । सम्झौतामा ६० दिनभित्र पुष्पराज र धीरेन्द्रजस्तै बेपत्ता छोराछोरीको अवस्था पत्ता लगाउने उल्लेख भए पनि त्यो दिन कहिल्यै आएन । राजनीतिक व्यवस्था बदलियो, तर अवस्था भने बदलिएन ।

न त पुष्पराजले बा भन्दै बोलाउँदै आए । न कान्छा धीरेन्द्र मुस्कुराउँदै आए । २७ महिना बेपत्ता भएको वीरेन्द्र फर्केर आए। यातना, पीडा र ज्यादति भोगेर नाफाको जिन्दगी लिएर वीरेन्द्र फर्केजस्तै दुई भाइ पनि आउलान् कि भन्ने झिनो आश छ अझै पनि उनलाई ।

एउटा बाबु, अझै पनि छोरो फर्केर आउँछ कि भन्ने कल्पनामा बसिरहेको छ । छोरो त फर्केर आएन आएन । तर छोराले बोकेको विचार कसरी छाड्न सक्थ्यो र एउटा बाबुले । उहाँ लगातार लागिपरिहेकै छन् । किनकी सन्तानको मायाभन्दा ठूलो संसारका अरु कुनै माया छैन । त्यस्तै माया छ भीमबहादुरलाई माओवादी पार्टीको ।

राजधानीमा नेकपा ९माओवादी केन्द्र०को आठौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा त्यही पीता भीमबहादुर पनि सल्लाहकार समितिको सदस्यका रूपमा प्रतिनिधिका रूपमा उपस्थित छ । महाधिवेशनमा साइलो छोरा सुरेन्द्र र काइलो वीरेन्द्र पनि सँगै प्रतिनिधि छन् । उपत्यका विशेष प्रदेशको सचिवका रूपमा सुरेन्द्र महाधिवेशनमा प्रतिनिधि छन् । अखिल ९क्रान्तिकारी०को पूर्वउपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो सुरेन्द्र । यस्तै क्रान्तिकारीको महासचिवको भूमिका निर्वाह गरेका वीरेन्द्र प्रदेश नं १ को प्रदेश सदस्यसँगै प्रतिनिधि छन् ।

तर भीमबहादुरलाई महाधिवेशनको हलमा पुष्पराज र धीरेन्द्र पनि भेटिन्छ कि जस्तो लाग्छ । पार्टी नेतृत्वलाई एउटा महाधिवेशन प्रतिनिधिका रूपमा यही प्रश्न सोध्न मन छ, उहाँलाई ।  जेठा छोरा तीर्थराज पनि माओवादीकै राजनीतिमा सक्रिय हुनुहुन्छ । तीर्थराज दमक नगरसमितिको सचिवका रूपमा कार्यरत हुनुहुन्छ । देशमा राजनीतिक परिवर्तन भयो । शाही सेना चलाउने राजतन्त्र इतिहास भयो । माओवादी शान्ति प्रक्रियामा आयो । गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि लागू भयो ।

विसं २०२८ को झापा विद्रोह फैलिएको जिल्लाका बासिन्दा रहनुभएका बस्नेतका छिमेकी केपी शर्मा ओली माओवादी अध्यक्ष प्रचण्डको समर्थन र सहयोगमा दुई–दुई पटक प्रधानमन्त्री पनि बन्नुभयो । छिमेकी नै प्रधानमन्त्री भएपछि त बेपत्ता भएका छोरा फर्केलान् कि भन्ने आश थियो उहाँलाई । तर दुई–दुईपटक जनप्रतिनिधि थलो प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनको यात्रामा ओली लागे भन्नेमा भीमबहादुर अरुहरूजस्तै सहमत हुनुहुन्छ ।

माओवादी झण्डामा विद्रोहको गीत गाउन लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक प्रधानमन्त्री बन्दा पनि त्यस्तै आशा थियो । तर राजनीति चक्रव्यूहमा फसेपछि न त बेपत्ताहरू पmर्किएर आए, न शान्ति सम्झौतामा भनिएको ६० दिन नै आयो ।

जे भए पनि पार्टीको गति र मति सुधार्ने लक्ष्यका साथ ७१ वर्षको उमेरमा पनि भीमबहादुर लागिपर्नुभएको छ । सल्लाहकारको हैसियतमा पार्टीलाई राम्रो बनाउने सपना छ भीमबहादुरको । जनताको सपना, जनयुद्धको आर्दश नेतृत्वलाई सम्झाउने चाहना छ । महाधिवेशन कर्मकाण्डमा परिणत नहोस् भन्ने सदीक्षा पनि छ । माओवादीको आदर्श कहाँ कसरी चुकेको हो त भन्ने सवालको जवाफ खोज्ने मन छ उहाँलाई ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र बेपत्ताको खोजी गर्ने विषय कहिले पूरा हुन्छ भन्ने सोध्ने चाहना छ उहाँलाई । सोमबार दिनभर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सुनेपछि भने उहाँलाई पार्टी सप्रिन्छ कि भन्ने लागेको छ ।

सुरेन्द्रका अनुसार बुबाको सदीक्षा भनेको पार्टीले सहिद, बेपत्ता र घाइते योद्धाको सपना नभुलोस् र ती वर्गको पक्षमा उभियोस् भन्ने नै चाहनुहुन्छ । “हामी छोराहरूमा भन्दा उहाँको बुझ्ने शैली अझै परिपक्व छ । वर्ग र धरातल पार्टीले नभुलोस् भन्ने बुवाको चाहना छ ।”

बेपत्ता परिवार समाज सहसंयोजकको भूमिकामा समेत रहेर काम गर्नुभएका भीमबहादुर शान्ति प्रक्रियाका कामले पूर्णता पाओस्, हराएकाहरूको अवस्था पत्ता लागोस् र त्यसमा पार्टी नेतृत्वले विशेष ध्यान देओस् भन्ने चाहनहुन्छ । अनुहारमा बुढ्यौलीको रेखाले छोपे पनि माओवादीलाई बुढ्यौली नलागोस्, सधैँ युवा नै भइरहोस्, देश जनता र परिवर्तनको सपना पूरा गर्नेमा केन्द्रित होस् भन्ने उहाँको चाहना छ ।

सोमबार अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुन लागेको छ । सो छलफलमा समेत भीमबहादुरले आफ्ना यस्तै धारणा राख्ने सोच बनाउनुभएको छ । त्यसो त अध्यक्ष प्रचण्डको प्रतिवेदनमा सहिद, बेपत्ता योद्धालाई सम्मान गर्न सबै स्तरका पार्टी समिति, जबस मोर्चा विभागले नियमित कार्यक्रम गर्नुका साथै आ–आफ्नो ठाउँबाट राज्यको तर्फबाट समेत समुचित सम्मानको व्यवस्थाका निमित्त दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ ।

यस्तै प्रतिवेदनमा शान्ति प्रक्रियाका बाँकी काम मुख्यतः सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी काम टुङ्गो लगाउन भइरहेको ढिलाइका विरुद्ध सबैतिरबाट आवाज उठाउनुका साथै यसमा सहमत हुने सबै राजनीतिक र सामाजिक सङ्घसंस्था एवं अन्तर्राष्ट्रिय सहयोगीसँग समेत सहकार्य गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार यसलाई अविलम्ब टुङ्गोमा पु¥याउने विषय समेटिएको छ ।

प्रदेश नं १ कमिटी सदस्यसमेत रहनुभएका वीरेन्द्रका अनुसार माओवादीको काँधमा अहिलेको राजनीतिक कोर्षलाई फरक ढङ्गबाट लैजाने गरी महाधिवेशनले कार्यदिशा तय गर्नुपर्ने जिम्मेवारी आएको छ । समाजको सङ्कटलाई हल गर्न अब माओवादीले अहिलेसम्मको निरन्तरतामा  ब्रेक गरेर नयाँ निरन्तरतामा जानुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार पार्टीले ल्याउने नीति–कार्यक्रममा समृद्धि र स्थायित्वको एजेण्डा हुनुपर्ने छ ।

दाइ र भाइले रोजेको मुक्तिको बाटोमा नै हिँडिरहनुभएका सुरेन्द्र र वीरेन्द्रसँगै पिता भीमबहादुरको एउटै आश छ माओवादी माओवादी नै रहिरहोस् । जनताको अग्रदस्ता बनिरहोस् । परिवर्तनको एजेण्डा बनिरहोस् । जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याओस् । आठौँ महाधिवेशनले त्यही दिशानिर्देश गरोस् । के भीमबहादुरहरूजस्तै छोराछोरी बेपत्ता पारिएका मातापिताले कहिलेसम्म आँशु पिएर बाँच्नुपर्ने हो ? माओवादी नेतृत्वले कहिले देला चित्तबुझ्दो जवाफ? सवाल जति महत्वपूर्ण छ जवाफ पनि उत्तिकै महत्वपूर्ण छ । रमेश लम्साल, रासस

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy