Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

माओवादीमा पदाधिकारी : अध्यक्षमा प्रचण्ड निर्विकल्प, अन्यमा तिव्र गृहकार्य

पहिलो केन्द्रीय समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आइतबारसम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए। 

प्रचण्डको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १३२ जना र सामानुपातिकतर्फ १२५ जनाको नाम प्रस्तुत गरिएको थियो । सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको हो । महाविधेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर महराले आज बस्ने नवनिर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने जानकारी दिए । महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको छ ।

माओवादीले केही समयदेखि सम्बन्धित समिति चयन गर्ने र सोही समितिमार्फत पदाधिकारी चयन गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । सोही प्रणालीअनुसार सोमबार बस्ने २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ । 

हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने निश्चितप्रायः छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, कृष्णबहादुर महराले आकांक्षा व्यक्त गरिरहेका छन्। 

यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ। यस्तै, पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने व्यवस्थासमेत गरेको छ। 

केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो । महाधिवेशन आठ दिनसम्म जारी रह्यो । आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ ।

आइतबार उद्घाटन, सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव र नेता देवप्रसाद गुरुङले विधान पेश गरेका थिए। मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह निर्धारण गरिएको थियो । 

बुधबार अपरान्ह्देखि बिहीबारसम्म समूहगत छलफलका क्रममा उठेका विषय वस्तुमाथि समूहका नेताले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । शनिबार नेतृत्व चयनलगायत विषयमा छलफल भएको थियो ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको बन्दसत्रमा सुरुमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखापरीक्षण आयोगको प्रमुख तथा सदस्य चयन गरिएको थियो । त्यसपछि बन्दसत्रलाई सम्बोधन गर्दै प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए। अध्यक्षको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको नेता महराले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending