Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ कर्णालीमा मतभार

खबरडबली संवाददाता
काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ । 
 
कर्णालीमा स्थानीय तहका प्रमुख÷उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी १९१ जना मतदाता छन् । प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुने बताए । उनका अनुसार कर्णालीमा महिला एक, अन्य एक र अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरबाट एक गरी तीन सदस्यमा निर्वाचन हुँदैछन् । 
 
महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा ९कालीकोट० र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदैछ । दलहरुले उम्मेदवारी दिँदा सम्बन्धित क्लस्टरबाटै दिनुपर्नेछ । 
 
राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ । स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख÷उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । 
माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा(एमाले) का स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो । 
 
नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख/उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending