Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

चुनौती र अवसरको दोसाँधमा अध्यक्ष प्रचण्डको आगामी यात्रा

देश निर्माणका लागि इमान्दार प्रयास गर्छु : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ । आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उनलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए । 

केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो । जेष्ठ सदस्य शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित एएको घोषणा गरे । माओवादीले आफ्नो संरचनामा पहिले सम्बन्धित समिति छनोट गर्ने र सोही समितिमा निर्वाचन वा सहमतिका माध्यमबाट पदाधिकारी चयन गर्ने नयाँ प्रणालीको विकास गरेको छ । सोही आधारमा आजको बैठकले अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको हो ।

समाजवादी क्रान्तिलाई अगाडि बढाउने तथा मुलुकको समग्र हितका लागि अध्यक्षमा प्रचण्ड नै उपयुक्त रहेको निष्कर्षसहित नेता शर्माले केन्द्रीय समितिमा उहाँको नाम प्रस्ताव गरेका थिए । केन्द्रीय समितिले ध्वनीमतका आधारमा उहाँको नाम सर्वसहमतिले पारित गरेको हो ।
 
माओवादीको शनिबार पारित भएको विधानअनुसार अब पदाधिकारी छनोटको प्रक्रिया अगाडि बढाइने भएको छ । माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ । विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । त्यसमध्ये आइतबार २३६ जना निर्वाचित भएका थिए । बाँकी रहेका ६३ जना मनोनित हुनेछन् ।

माओवादी जनयुद्ध, जनआन्दोलन, संविधानसभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत एजेण्डाहरूको सुत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड नै छन् ।
 
टुटफुट तथा एकताको प्रक्रियाबाट अगाडि बढेको माओवादी आन्दोलनलाई समय सापेक्ष रूपमा अगाडि बढाउने दायित्व आफू र आफूहरूको काँधमा रहेको नवनिर्वाचित अध्यक्ष प्रचण्डले आजको सम्बोधनमा समेत उल्लेख गर्नुभएको छ ।
 
यस्तो छ उनको राजनीतिक जीवन 

मुक्तिराम दाहाल र भवानी दाहालको सुपुत्रका रूपमा कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस–१ लेवाडेमा जन्मनुभएका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा जनयुद्ध, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधानसभाको नेतृत्वकर्ताको हैसियतमा नेपालको राजनीतिमा क्रियाशिल छन् ।
 
पछिल्लो पटक आज पुनः अध्यक्षमा निर्वाचित भएपछि उनले महाधिवेशनमा उन्नत खालको लोकतान्त्रिक अभ्यास भएको बताए । उनले भने, “माओवादी नेतृत्व प्रचण्डको आदेशमा कार्यकर्ताले ताली पड्काएर चुनिएको होइन । मैले आदेश दिएर पनि यो कमिटी निर्वाचित भएको होइन । पार्टीका नेता तथा कार्यकर्ताले नै आफ्नो नेतृत्व चयन गरेको हो ।” 

उनले आयोजक समिति र स्थायी समितिको प्रस्तावका रूपमा महाधिवेशनको हलले केन्द्रीय समितिलाई निर्वाचित गरेको उनको भनाइ छ । महाधिवेशनमा देश विकास र समृद्धिबारे छलफल भएको तथा देशलाई समृद्ध बनाउने विषयमा बृहत् बहस भएको उनको भनाइ छ ।  उनले महाधिवेशनले आफूलाई अध्यक्षका रूपमा काम गर्नुस् भन्ने जिम्मेवारी दिएको उनको कथन छ । 

उनले नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखामा ९२०३३–०३५० सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए। विसं २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गरेका थिए । तत्कालीन नेकपा (चौम)मा प्रवेश गर्नुभएका उहाँले २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा पार्टीको जिम्मेवारी सम्हाले। विसं २०३६ मा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य बन्नुभएका उहाँ २०३८ सालमा अखिल नेपाल युवक सङ्घको केन्द्रीय महासचिवमा निर्वाचित भए । 

राजनीतिक यात्राको क्रममा २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य, २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य र २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित भए । तत्कालीन मशालका महामन्त्री मोहन वैद्यको प्रस्तावमा नै उनी महामन्त्रीमा चयन भएको हो । 

यस्तै, २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्री निर्वाचित भएका अध्यक्ष प्रचण्ड, २०५१ सालमा पुनः नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित भए । विभिन्न कम्युनिस्ट घटकहरूको एकता पछि एकता केन्द्र गठन भएको थियो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)को अध्यक्ष हुनुभयो ।

यस्तै विसं २०५८ मा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर तथा २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए । विसं २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौँ क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित भए । तत्कालीन नेकपा(माओवादी) संविधानसभाको ठूलो दलका रूपमा स्थापित भयो । ठूलो दलको नेताका रूपमा उहाँ २०६५ साउन  ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए ।
 
यस्तै, २०६९ मा हेटौँडामा आयोजना गरिएको एकताको सातौँ राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को अध्यक्षमा निर्वाचित भए । त्यस्तै २०७१ मा विराटनगर आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), अध्यक्षमा पुनः निर्वाचित भएयो ।  यस्तै, २०७३ साल विभिन्न १० वटा समूहका रहेका माओवादी समूहको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), गठन भयो । सो पार्टीको  अध्यक्षमा समेत प्रचण्ड नै निर्वाचित भए। संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त दास्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यस्तै, २०७५ जेठ ३ गते तत्कालीन नेकपा९एमाले० सँग पार्टी एकता गर्दै नेकपा निर्माण गरेएका अध्यक्ष प्रचण्ड सो पार्टीमा पनि  अध्यक्षको रूपमा थिए। गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी फरक पार्टीका रूपमा अस्तित्वमा आएपछि उनी पुनः अध्यक्षकै रूपमा कार्यरत थिए । नवनिर्वाचित अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्याहरू ९भाग १, २ र ३०, प्रचण्डका सङ्कलित रचनाहरू ९भाग १ र २० र प्रचण्डका सङ्कलित सैन्य रचनाहरू पुस्तक प्रकाशित छन् ।
 
‘देश निर्माणका लागि इमान्दार प्रयास गर्छु’

अध्यक्षमा चयन भएपछि उहाँले आफ्नो काँधमा देश, जनतालाई अगाडि बढाउने र परिवर्तनका समपा पूरा गर्ने दायित्व आइपरेको र त्यसमा इमान्दार प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । जनयुद्ध छाडेपछि बिग्रिएको माओवादीले आठौँ महाधिवेशनमा आइपुग्दा धुलोमैलो झारेको उल्लेख गर्दै उहाँले अब आफू देश र जनताको हितमा अझै बढी क्रियाशील हुने दुढता व्यक्त गरे । उनले भने, “नेतृत्वका रूपमा मेरा लागि यो अन्तिम अवसर हो । नेपाल राष्ट्र र नेपालीका लागि केही गर्न मेरा लागि यो अन्तिम अवसर र अन्तिम चुनौती पनि हो ।” रासस

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा कांग्रेस बन्यो पहिलो

सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...

सल्यानमा बाघको आक्रमण बढ्दो, शारदामा आठ भेडा–बाख्रा मारिए

सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...

मतदानमा सहभागी भएर लिमीका स्थानीय फर्किए

हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...

दाउन्नेमा पाँच सवारीसाधन ठोक्किँदा ८ जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...

एमाले नगर अध्यक्षद्वारा राजीनामा

गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...

एक-दुई ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तुवाँलो

काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE