सप्तरी । प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा आज साँझ दुर्घटनामा परेको छ । विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिए । राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक पल्टिएर खेतमा पुगेको थियो । राज्यमन्त्रीसहित गाडीमा उनका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।
सामान्य चोटपटक लागेको सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताए । राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताए। छिन्नमस्ता सडकखण्डको खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव गत मङ्सिर ८ गते फेला परेको थियो ।
मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरस्थित भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको ०७८ पुस १२ गते हत्या भएको थियो । दुवै जनाको हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १७:११
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...
बैशाख ४ गते, २०८३ - १७:०६
वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...
बैशाख ४ गते, २०८३ - १६:५६
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...
बैशाख ४ गते, २०८३ - १६:४०
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...
बैशाख ४ गते, २०८३ - १६:२४
काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...
बैशाख ४ गते, २०८३ - १६:१५
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...
बैशाख ४ गते, २०८३ - १६:०८
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...
बैशाख ४ गते, २०८३ - १५:५४
काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...
बैशाख ४ गते, २०८३ - १५:३६
काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...
बैशाख ४ गते, २०८३ - १५:१९
तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...


प्रतिकृया लेख्नुहोस्: