भक्तपुर । विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन् ।
काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना गर्दै पुल निर्माण नगरी अलपत्र छाडेर उल्टै पुल निर्माणमा अवरोध आएकाले म्याद थप गर्ने आवेदन लिएर वडा कार्यालय आएका एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रवीन जिरेलसहित निर्माण व्यवसायीको टोलीलाई बिहिबार दिनभर कार्यकक्षमै थुनेर राखेका हुन् ।
पूर्वाधार विकास कार्यालय वाग्मती प्रदेशअन्तर्गत झौखेल कवाँसे खोला सडक पुल बनाउने जिम्मेवारी पाएको एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले विभिन्न बहाना बनाउँदै निर्माण सम्पन्न नगरी अलपत्र पारेको वडाध्यक्ष धिमालले जानकारी दिए।
उनले भने, ‘पुल निर्माण तीन महिना अगाडिदेखि अलपत्र पारेर स्थानीयवासीलाई आवतजावतमा समेत कठिन पार्ने अनि पुल निर्माण सम्पन्न नगरी उल्टै पुल बनाउन स्थानीयवासीले अवरोध गरे भन्दै निवेदन लिएर आएका थिए, मैले विकासमा अवरोध गर्ने को हो मान्छे भन्नुस् भन्दा भन्न सकेनन्, त्यहाँ कसैले अवरोध गरेका पनि छैनन्, त्यसैले मैले कार्यालय कक्षबाट बाहिर जान नदिएर कार्यकक्षमै थुनेर राखेको हुँ ।’
निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्ती गर्ने अनि स्थानीयवासीलाई दोष दिने प्रवृत्ति गलत भएको भन्दै यसबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई समेत जानकारी गराएको उहाँको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - ०९:१४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइ...
माघ १५ गते, २०८२ - ०९:०६
मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।...
माघ १५ गते, २०८२ - ०८:१२
बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगाय...
माघ १५ गते, २०८२ - ०८:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...
माघ १५ गते, २०८२ - ०७:४२
काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...
माघ १५ गते, २०८२ - ०७:३७
गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...
माघ १५ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...
माघ १५ गते, २०८२ - ०७:२७
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका...
माघ १५ गते, २०८२ - ०७:१२
काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...
माघ १५ गते, २०८२ - ०७:०९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...




प्रतिकृया लेख्नुहोस्: