Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

भक्तपुर एमालेको अध्यक्षमा देउजा र थापाको भिडन्त हुने

खबरडबली संवाददाता
भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत  नेतृत्व चयन गर्ने प्रयास हिजोदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो । बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज बिहानदेखि नै प्रतिवेदन माथि समूहगतरुपमा छलफल भइरहेको र नेतृत्वमा सहमतिको प्रयास पनि भइरहेको जानकारी दिए । 
 
उनले भने, “अधिवेशनमा नेतृत्वका लागि एकभन्दा बढीको चाहना हुनु स्वभाविक हो, दुई जनाले अध्यक्षमा चाहना गर्नुभएको छ, हामी दिउँसो ३ बजेसम्म सर्वसम्मतकोे प्रयास गर्छौं, नभए ३ बजेपछि निर्वाचनको प्रक्रिया सुरु गर्छौं, आजै निर्वाचन सक्छौँ ।” जिल्ला अध्यक्षका लागि अहिलेका अध्यक्ष वचन देउजा र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले उम्मेदवारी दिने भएकोे छ । 
 
एकसय पाँच सदस्यीय कमिटीमा सर्वसम्मत हुन नसकेका पदमा चुनाव गर्ने तयारी निर्वाचन समितिले गरे पनि एमाले केन्द्रीय नेता महेश बस्नेत, सोमप्रसाद मिश्रलगायत भने सर्वसहमतिको प्रयासबाटै नेतृत्व चयन गर्ने कसरतमा लाग्नुभएको बताइएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो, सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...

प्रतिनिधिसभाका समितिका सभापतिले लिए शपथ

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...

गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान, १ हजार बढी व्यक्तिको प्रोफाइल तयार

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...

ट्रेड युनियन खारेज घोषणा कार्यान्वयन भएन, कर्मचारी संगठनहरू सरकारसँग मागसहित उपस्थित

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...

संसदका समितिहरू पूर्ण: १२ वटै संसदीय समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...

सङ्घीय निर्देशनविपरीत तनहुँमा पठनपाठन सुरु

तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending