Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सिमसार सङ्कुचनले घटे जलपन्छी

रासस

काठमाडौँ ।  मुलुकका विभिन्न सिमसार क्षेत्रमा यतिखेर चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना जारी छ ।  

सन् १९८७ देखि हरेक वर्ष जनवरी १ देखि दुई हप्तासम्म गरिने जलपन्छी गणनामा स्वयंसेवी, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण सङ्घसंस्थाको सहभागिता हुने गर्छ । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेशनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ भने नेपालमा ‘हिमाली प्रकृति’ले समन्वय गर्छ ।

चरा संरक्षणकर्मीका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी आएको छ । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई जलपन्छी वा पानी चरा भनिन्छ ।

राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपन्छी गणनामा संलग्न ‘बर्ड एजुकेशन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपालि सो क्षेत्रमा केही नयाँ प्रजाति चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताए  । 

सो क्षेत्रमा गत वर्ष ५५ प्रजातिका नौ हजार ५६५ फेला परेका थिए । उनका अनुसार बासस्थानमा बढ्दो मानवीय गतिविधि, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले पनि जलपन्छी विस्थापित हुँदै गएका छन् । उहाँले यकिन तथ्याङ्क भने सबै गणना सम्पन्न भएपछि मात्रै भन्न सकिने बताए  ।

संरक्षित क्षेत्र र आसपासका मध्यवर्ती क्षेत्रमा गरिने गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि मातहातका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमार्फत गणनामा सहयोग गर्दै आएको छ । दुई हप्तासम्म चल्ने यस गणनामा ३०० भन्दाबढी अवलोकनकर्ता सहभागी छन् ।

नेपालमा अभिलेख भएका ८८९ प्रजातिका चरामा २०० हाराहारी जलपन्छी छन् । तिनमा पनि झण्डै १०० प्रजाति हिउँदे आगन्तुक चरा हुन् । रुस, काजकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलियालगायत तिब्बती क्षेत्रबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा अनकूल मौसम, सुरक्षित वासस्थान र चरन क्षेत्रमा हिउँद बिताउँछन् ।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् । यी चरा नेपाल आउनेक्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी हुन्छ । चैतसम्ममा प्राय: चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कन्छन् ।

मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित भएको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए  । स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको उनको  भनाइ छ । गत वर्षको गणनामा नेपालमा ६० हजार हाराहारीमा पानी चरा भेटिएको तथ्याङ्क छ ।

कैलाली र कञ्चनपुर क्षेत्रमा गणनामा संलग्न संरक्षणकर्मी हिरुलाल डङ्गौराले ताल सुक्दै जानु, बासस्थानको विनाश, तालमा माछापालन गर्दा त्यहाँ आउने चरालाई माछा खान्छ भनेर धपाउने तथा बासस्थानमा बढ्दो मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी देखिएको बताए  । 

यस्तै चरा संरक्षण नेटवर्कका अध्यक्ष डिआर चौधरीले घोडाघाडी क्षेत्रमा बकुल्ला प्रजातिका चराको सङ्ख्या केही धेरै देखिए पनि जम्मा सङ्ख्या भने गत वर्षको हाराहारीमा नै देखिएको बताए  । गत वर्ष घोडाडोडी क्षेत्रमा ३२ प्रजातिका दुई हजार ५८ सङ्ख्यामा देखिएका थिए ।

यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियालगायतका चरा बढी देखिन्छन् । गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारी अभिलेख गरिँदै आएको छ ।

‘कोशी पन्छी समाज’का पूर्वअध्यक्ष अनिश तिम्सिना पनि कोशी क्षेत्रमा यसपाली चराको सङ्ख्यामा कमी देखिएको बताए  । सिमसार क्षेत्रको सङ्कुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी आएको हुनसक्ने उनको  भनाइ छ ।  

अर्का संरक्षणकर्मी कृष्णप्रसाद भुसालले दशकअघि कोशी नदी आसपासमा मात्रै पचासौँ हजार पानीचरा भेटिने गरेकामा हाल देशभरको गणनामा मुस्किलले ५० हजार भेटिने गरेको बताए । उनले  सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाह्य तथा मिचाहा प्रजातिको सङ्क्रमणले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको बताए  । 

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका छन् ।

गणनाका राष्ट्रिय संयोजक बरालले भने जलपन्छीको बासस्थानमा थुप्रै चुनौती थपिएको भएपनि जलपन्छीको प्रजाति र सङ्ख्या बारेमा देशभरिको सबै विवरण आएपछि मात्र यकिन तथ्याङ्क भन्न सकिने बताए  । संरक्षण क्षेत्र बाहिरका सिमसार र वरपरको क्षेत्र तीव्र मानवीय दोहनका कारण जोखिममा परेका छन् । तसर्थ जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने जरुरी रहेको पन्छी संरक्षणकर्मीको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy