Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कागती खेतीबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

दाङ । तीन वर्षअघि  निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।

त्यहाँस्थित  हरिया बोटमा लटरम्म  फलेको छ कागतीले मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियाली र यतिमात्र नभएर लटरम्म फलेका कागतीले तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका स्थानीयवासी गाउँले पनि कागतीखेती हेर्न पुग्ने गरेका छन् । 

ती पौरखी किसान हुन्– गढवा –३ गोबरडिहाका ३४ वर्षीय युवा अञ्जित चौधरी । उनले व्यवासायिक रुपमा गरेको उन्नत जातको कागतीखेतीले उनको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा बढाइदिएको छ । 

उनले  ‘डिएण्डके’  सिट्स कृषि फार्म खोलेर व्यावसायिक रुपमा उन्नत जातको कागतीखेती गर्न थालेका छन्  । विसं २०७४ मा उनले यहाँको १० बिघा जमिन २५ वर्षका लागि भाडामा लिएर सुरुमा २० लाख रुपैयाँ लगानी गरेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती थालेको जानकारी दिए 

उनले  १० बिघा जमिनमध्ये साढे ६ बिघामा कागती खेती गरेका छन् छ, भने अन्य जमिनमा रेशमखेती छ । धनकुटामा रहेको वनस्पति उद्यानबाट सुन कागती १ र सुन कागती २ जातको उन्नत जातका तीन हजार कागतीका बिरुवा खरिद गरी खेती थालेको उनको भनाइ छ । 

सो जग्गाको वार्षिक रुपमा रु दुई लाख भाडा तिर्दछन् । उनले  अहिले दुई जनालाई पूर्ण रुपमा र सात जनालाई आंशिक रुपमा रोजगारी दिलाइरहको छन् । उनले भने, “तीन वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि सुरुको वर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । गतवर्ष राम्रो आम्दानी भयो, यसपटक हालसम्म अर्थात पुस १५गतेसम्म ३५ क्वीन्टल बिक्री गरिसकेको अझै कागती बाँकी छन् ।

अहिले दैनिक बुटाबाट नै ५० देखि ६० किलोसम्म कागती बिक्री गरीरहेको छु । अहिले उनले प्रतिकेजी कागती रु १०० मा विक्री गरिरहेका छन् । “बाबु बाजेले  धान, मकै, गहुँखेती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो । मैले पनि अहिले क्याम्पसमा पढदै र परम्परागत खेतीले आम्दानी धेरै नहुँने हुँदा यो पेशालाई रोजेको छु, सफल पनि भएको छु ,” उनले भने ।

उनले कागतीे खेतीलाई  आवश्यक पर्ने सिँचाइ र रोग लागेमा  दक्षप्राविधक र कीटनाशक औषधिको प्रयोगबारे जानकारी तथा सहयोग गरीदिन सरकारलाई आग्रह गरे । यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गढवा गाउँपालिकाले रु  तीन लाख र कृषि ज्ञान केन्द्र घोराहीले रु दुई लाख अनुदान उपलव्ध गराएको जनाइएको छ ।

गतवर्ष कोरोना महामारीका बेला उत्पादन गरेको कागतीलाई बजारको कुनै समस्या नभएको ग्राहक बोटमै  आउने प्रति किलो रु १५० सम्म हालेर लिने गरेकोसमेत बताए । उनको कागती फार्म यस क्षेत्रकै सबैभन्दा ठूलो रहेको र के कसरी खेती गर्ने भन्ने जानकारी लिन र अवलोकन गर्न अहिले  सञ्चारकर्मी, सर्वसाधारण, किसान र सरकारी उच्च ओदाका कृषि क्षेत्रका मानिस आउने  गरेको समेत उनले बताए  । 

उनको  कागती बगैँचामा भेटिनुभएका तुलसीपुर उपमहानगरपालिका–१० स्थायी घरभई हाल गोबरडिहामा डेरागरी बस्ने तेजप्रसाद शर्माले आफू चौधरीले गरेको कागतीखेती देखेर निकै उत्साहित भएको बताए । शिक्षण पेशा गदै आएका २७ वर्षीय उनले भने, “म यहीँ नजिकैको गाउँमा बस्छु प्राय: बेलुकी घुम्न कागती बगैँचामा  नै आउने गरेको छु ।”

किसान चौधरीले नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई  मात्र यहाँ उत्पादन हुने भन्ने केही वर्ष पहिले एउटा समाचार पढेकोले आफूलाई यसखेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको बताए । 

पूर्वी नेपालमा भ्रमण गएको बेलामा त्यहाँ गरेको कागतीखेती अवलोकन गर्ने मौका पाएको र कागतीमा राम्रो सम्भावना देखेर यो खेतीमा लागेको उनको भनाइ छ । चौधरीले कृषि प्रधान हाम्रो देशमा यहाँ कृषिका अत्यन्तै राम्रो सम्भावना र यही माटोमा मेहनत गरे मनग्गे आम्दानी गर्न सक्ने बताए ।  

उनले यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र कागती प्रशोधन केन्द्र खोल्ने आफ्नो योजना रहेको उनले सुनाए । त्यस्तै कागती भण्डारण गर्नको लागि कोल्डस्टोर नहुँदा समस्या हुने गरेको समेत बताए ।

उनले वर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमूलक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआजर्नमूलक काममा लगाउनुपर्ने सुझाव दिए । यसको लागि अनुदानमा ऋण, कीटनाशक औषधि, बीउबीउ, मल, सिँचाइको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ । त्यस्तै सीपमूलक कृषि कार्यक्रम दिनुपर्छ भन्छन् उनी । ती विदेशिने युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालन ल्याउन सके ती युवाले स्वदेशमा नै राजगारी पाउनसक्ने उनको धारणा छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy