काठमाडौं । आज देशका केही भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर १ र प्रदेश नम्बर २ सहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको छर बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।
आज काठमाडौंमा घाम लाग्ने छ। तर, दिउँसोतिर केही स्थानमा बादल देखिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले सेतोपाटीलाई जानकारी दिइन्।
यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।
बिहिबारदेखि न्यून चापीय प्रणालीको प्रभाव केही कम हुने भएकाले मौसममा सुधार आउने उनले बताइन्।
शुक्रबार देशभर आंशिक बदली रहनेछ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा फाटफुट हल्का हिमपातको सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - ०९:४१
काठमाडौं । काठमाडौँ महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपे...
जेष्ठ ६ गते, २०७९ - ०९:३१
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी भएका छन्। उनले २३ हजार ४६० मत पाएर विजयी भएका हुन्। उनका निक...
जेष्ठ ६ गते, २०७९ - ०९:२२
काठमाडौं । देशभरिका ७५३ स्थानीय तहमध्ये हालसम्म करिब ६०० तहको छिनोफानो भएको छ भने बाँकीमध्ये अधिकांशको मतगणना भइरहेको छ। गाउँपालिकाहरूको हकमा ४६० म...
जेष्ठ ६ गते, २०७९ - ०९:१२
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै व...
जेष्ठ ६ गते, २०७९ - ०८:५९
काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले नि...
जेष्ठ ६ गते, २०७९ - ०८:५४
सुर्खेत । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले न...
जेष्ठ ६ गते, २०७९ - ०८:०७
पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदव...
जेष्ठ ६ गते, २०७९ - ०८:०३
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्। उनले तीन हजार ३१० मतान...
जेष्ठ ६ गते, २०७९ - ०७:५५
महोत्तरी । महोत्तरीको बर्दिबासको नगरपालिकामा कांग्रेसको जमानत जफत गर्दै स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् । माओवादी केन्द्रक...
जेष्ठ ६ गते, २०७९ - ०७:४५
विराटनगर । महानगरको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नागेश कोइराला २३ हजार २६९ मतसहित अगाडि छन्। नेकपा एमालेका सागर थापाले १७ हजार ३३९ मत ल्य...
प्रतिकृया लेख्नुहोस्: