Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी

छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौं । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवा सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग गरेको अनौपचारिक छलफल र शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो । 

नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालयर चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दुतावासका अधिकारीहरु सम्मिलित पहिलो वैठकले एक साताभित्र श्रम सम्झौता (एमओयु)को मस्यौदा तयार गर्ने सहमति जुटेको छ । 

नेपाल र बेलायतबीच सरकारी स्तर (जीटुजी) बाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ । नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्नेछ भने छात्रवृति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता पनिबेलायत सरकारले जनाएको छ । 

रोजगार सम्झौताको अवधि पाँच बर्षको हुने नेपालले प्रस्ताव गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्दैन । छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । यद्यपी, उक्त अवधिमा पनि सहायक नर्सको रुपमा रोजगारी भने सुनिश्चित हुनेछ । 

रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्नेप्रभावकारी उपायमानिन्छ । बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धी हो । मन्त्री श्रेष्ठले  युरोपका उच्च आय हुने मुलुकहरुसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने बताए। 

श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभुति हुनेछ । गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत् गर्न सकिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE