काठमाडौ । वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले वैकल्पिक महिला सङ्गठन नामको नयाँ राजनीतिक महिला सङ्गठन घोषणा गरेका छन्। विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल(बाटो’ पक्षका नेताहरूले नयाँ महिला सङ्गठन घोषणा गरेका हुन्।
महिला सङ्गठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन हुनुभएको छ। काठमाडौँका रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानमार्फत सङ्घर्षरत श्रेष्ठ लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा पनि सक्रिय छिन्।
‘महिलाका मुद्दा बोक्ने राजनीति कसैले गरेनन्, त्यसैले महिला नै अघि सर्नुपर्छ’ भन्ने भावनाले वैकल्पिक महिला सङ्गठनको नेतृत्व लिएकी श्रेष्ठले यसअघि विभिन्न राष्ट्रिय(अन्तराष्ट्रिय संघसँस्थाहरुको नेतृत्व गरिसकेकी छिन्।
समावेशितालाई महत्वका साथ अङ्गीकार गरिएको केन्द्रीय समितिको २५ सदस्यीय रहने छ। पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ। पहिलो चरणको केन्द्रीय समितिमा संयोजक विद्या श्रेष्ठ महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ।
अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल, प्रेक्षा पण्डित, आशा ठाकुर, समा सिं महर्जन, आरती कुसवा, निर्जला तामाङ, रबिना थापा, प्रीयंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनीता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा छन्। बाँकी नामहरू र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुनेछन्।
महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय हुनेछ।
राजनीतिक दलहरुको मूल पदाधिकारी तथा राज्यका अन्य निकायहरुमा कम्तिमा ५०५ महिला सहभागिता सुनिश्चित गराउन, संवैधानिक रुपमै आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन गराउन, लैंगिकताका आधारमा हुने घरेलु, कार्यस्थल तथा सार्वजनिक स्थानहरुमा हुने हिंसा र विभेदविरुद्ध सशक्त रुपमा उभिएर महिलामैत्री समतामूलक समाज निर्माणमा योगदान गर्ने संगठनको उद्देश्य रहनेछ।
विवेकशील आन्दोलनले सुरु गरेको आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले महिला तथा युवा केन्द्रित समावेशी, गतिशील वैकल्पिक राजनीतिलाई अघि बढाउन वैकल्पिक महिला सङ्गठनको घोषणा भएको संयोजक श्रेष्ठको भनाई छ।
नव गठित संठनकी केन्द्रीय सदस्य सोनिका लामाले हालको वैकल्पिक राजनीतिको बहसले महिलाका सपनाहरू सम्बोधन गर्न नसकेकाले त्यसको परिणाम स्वरूप महिलाहरूले आफ्नो बाटो आफै खन्ने तय गरेको बताइन्। कोभिडको सन्त्रास सकिए लगत्तै छिट्टै काठमाडौँमा एक कार्यक्रम मार्फत सङ्गठनका थप रणनीति र कार्य योजना सार्वजनिक गरिने लामाले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: