काठमाडौ । वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले वैकल्पिक महिला सङ्गठन नामको नयाँ राजनीतिक महिला सङ्गठन घोषणा गरेका छन्। विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल(बाटो’ पक्षका नेताहरूले नयाँ महिला सङ्गठन घोषणा गरेका हुन्।
महिला सङ्गठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन हुनुभएको छ। काठमाडौँका रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानमार्फत सङ्घर्षरत श्रेष्ठ लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा पनि सक्रिय छिन्।
‘महिलाका मुद्दा बोक्ने राजनीति कसैले गरेनन्, त्यसैले महिला नै अघि सर्नुपर्छ’ भन्ने भावनाले वैकल्पिक महिला सङ्गठनको नेतृत्व लिएकी श्रेष्ठले यसअघि विभिन्न राष्ट्रिय(अन्तराष्ट्रिय संघसँस्थाहरुको नेतृत्व गरिसकेकी छिन्।
समावेशितालाई महत्वका साथ अङ्गीकार गरिएको केन्द्रीय समितिको २५ सदस्यीय रहने छ। पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ। पहिलो चरणको केन्द्रीय समितिमा संयोजक विद्या श्रेष्ठ महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ।
अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल, प्रेक्षा पण्डित, आशा ठाकुर, समा सिं महर्जन, आरती कुसवा, निर्जला तामाङ, रबिना थापा, प्रीयंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनीता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा छन्। बाँकी नामहरू र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुनेछन्।
महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय हुनेछ।
राजनीतिक दलहरुको मूल पदाधिकारी तथा राज्यका अन्य निकायहरुमा कम्तिमा ५०५ महिला सहभागिता सुनिश्चित गराउन, संवैधानिक रुपमै आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन गराउन, लैंगिकताका आधारमा हुने घरेलु, कार्यस्थल तथा सार्वजनिक स्थानहरुमा हुने हिंसा र विभेदविरुद्ध सशक्त रुपमा उभिएर महिलामैत्री समतामूलक समाज निर्माणमा योगदान गर्ने संगठनको उद्देश्य रहनेछ।
विवेकशील आन्दोलनले सुरु गरेको आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले महिला तथा युवा केन्द्रित समावेशी, गतिशील वैकल्पिक राजनीतिलाई अघि बढाउन वैकल्पिक महिला सङ्गठनको घोषणा भएको संयोजक श्रेष्ठको भनाई छ।
नव गठित संठनकी केन्द्रीय सदस्य सोनिका लामाले हालको वैकल्पिक राजनीतिको बहसले महिलाका सपनाहरू सम्बोधन गर्न नसकेकाले त्यसको परिणाम स्वरूप महिलाहरूले आफ्नो बाटो आफै खन्ने तय गरेको बताइन्। कोभिडको सन्त्रास सकिए लगत्तै छिट्टै काठमाडौँमा एक कार्यक्रम मार्फत सङ्गठनका थप रणनीति र कार्य योजना सार्वजनिक गरिने लामाले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: