Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने

खबरडबली संवाददाता

जाजरकोट । महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । 

बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ । उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ । 

सिसीएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको थियो । सिसीएमसीसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ देखि सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारण पीडित हुने भएका छन् ।

भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारण खोपविहीन बन्नुपरेको हो । 

हिमपातका कारण उपल्लो डोल्पा बन्धकजस्तै भएको छ । बाटो हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

त्यस्तै अन्य बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ । शे–फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण हिमपात र चिसोका कारण पाँच महिना सदरमुकाम दुनैलगायत देशका विभिन्न ठाउँमा जाने काम पूर्णरूपमा ठप्प हुने गर्दछ । 

त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री उम्मेदवार घोषणा नौलो होइन, कांग्रेसभन्दा नयाँ पार्टी छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय व्यवस्थामा निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने अभ्यास विश्वव्यापी रूपमा स्थापित भइ...

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।...

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च  भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।  हिमपात भएपछि गहुँलगाय...

बारामा मध्यराति आमाछोराको हत्या, ससुराबुहारी गम्भीर घाइते

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...

कांग्रेस सभापति मधेश झरेपछि बढेको चुनावी तापक्रम

काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...

पछिल्लाे २४ घण्टामा देशभर १६ आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका...

‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...

प्रतिनिधिसभा निर्वाचन- आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending