सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र
माघ ९ गते, २०७८ आइतवार 23rd January, 2022 Sun१६:५७:०४ मा प्रकाशित
खबरडबली संवाददाता
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन् । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उनी सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पुर्याउने गर्दछन् । यसरी सङ्क्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन् ।
कठायत गत साउनदेखि भीमदत्त नगरपालिकामा ज्यालादारीमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् । उनको ड्यिुटी भनेकै सङ्क्रमितलाई अस्पताल पुर्याउने हो । “हरेक दिन बिहान ६ देखि बेलुकी ८ बजेसम्म एम्बुलेन्स हाँकेर गड्डाचौकी नाका पुग्छु”, कठायतले भने, “त्यहाँ भारतबाट आउने यात्रुको कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिएमा उनीहरुलाई महाकाली अस्पताल पुर्याउँछु ।”
सरकारले कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सेना र सरसफाइकर्मीलाई कोरोनाको अग्रपङ्क्तिमा खटिने कर्मचारीको सूचीमा राखेको छ । भीमदत्त नगरपालिकाको एम्बुलेन्समार्फत् दैनिक ४० देखि ११० जनासम्म सङ्क्रमित नाकाबाट अस्पताल पुर्याएको कठायतसित तथ्याङ्क छ ।
“नाकामा कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिए पनि सितिमिति अस्पताल जान आनाकानी गर्छन्”, कठायतले भने, “सङ्क्रमितको अवस्था हेरेर वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनका लागि घरमै छाड्ने गरिएको छ ।” दिनभरि एम्बुलेन्समा सङ्क्रमित बोक्ने गरेका उनी राति घरमा भने छुट्टै कोठामा बस्ने गरेको बताउनुहुन्छ । “परिवारका सदस्यहरुको पनि ख्याल गर्नैपर्यो”, उनले भने, “महामारीमा सङ्क्रमितलाई अस्पताल पुर्याउनु सेवा सम्झेर काम गर्ने गरेको छु ।”
कठायतलाई घर गएर खाना खाने फुर्सदसमेत हुँदैन । त्यसले उनले कोरोना अस्पतालमै खाना खान्छन् । कोरोना जोखिमका बेला काम गर्ने चालकलाई भत्ता दिएकोबारे उनलाई केही पनि थाहा छैन । उनले भने, “महामारीमा अग्रपङ्क्तिमा खटिने एम्बुलेन्स चालकलाई त जोखिम भत्ता दिनैपर्ने हो ।”
भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशी नगरपालिकाले गड्डाचौकीमा कोरोना परीक्षण, खोप अभियान र सङ्क्रमितलाई अस्पताल लैजाने कार्यमा सक्रिय भएर लागेको बताए । “त्यहाँ अस्थायी होल्डिङ सेन्टरमा भारतबाट आउनेको नियमित स्वास्थ्य परीक्षण हुन्छ”, उनले भने, “सङ्क्रमितलाई तत्कालै महाकाली अस्पताल पुर्याइन्छ ।”
कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमित बोक्ने तथा शव व्यवस्थापनमा खटिएका महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक विष्ट आफू दुई पटक सङ्क्रमित हुँदा पनि ड्यिुटीमै सक्रिय रहनुभएको थियो । “कोरोनाबाट मृत्यु भएका झण्डै ८० सङ्क्रमितको शव महाकाली घाटसम्म पुर्याए”, विगत सम्झिँदै विष्टले भने, “सुरुमा पिपिइ सेट लगाएर एम्बुलेन्स चलाए, गर्मी खप्न गाह्रो भएपछि त्यो पनि फुकाले ।”
दोस्रो लहरसम्म महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक र रणबहादुर विष्ट रातदिन सङ्क्रमित बोक्नेदेखि शव घाटसम्म पुर्याउन सक्रिय रहेका थिए । “अहिले नगरपालिकाको एम्बुलेन्सले सङ्क्रमित अस्पतालसम्म पुर्याउने काम गरिरहेको छ ।” विष्टले भने, “अहिले हामी सङ्क्रमितलाई वडाको सिफारिसका आधारमा घरसम्म छाड्न जाने क्रममा फाट्टफुट्टरुपमा खटिएका छौँ ।”
दोस्रो लहरसम्म सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज र काठमाडौँसम्म लिएर गएको उनल बताए । “डराउँदै सङ्क्रमित बोक्नुपर्ने परिस्थितिको पनि सामना गरियो”, विष्टले भने, “प्रतिकूल अवस्थामा पनि घरपरिवार नभनी काम गरियो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका...
रुपन्देही । तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ...
लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बि...
कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टल...
दैलेख । भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले...
काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । बालेन शाहा...
प्रतिकृया लेख्नुहोस्: