Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

दलित अगुवामाथि भएको प्रहरी कारबाहीप्रति सांसदहरुको आपत्ति

\"pashupati-jhadap-1\"काठमाडौँ । संयुक्त दलित सङ्घर्ष समितिले आज देशव्यापी रुपमा गरेको धर्ना कार्यक्रममा प्रहरीले धरपकड गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर एमाओवादीका सांसद अग्निप्रसाद सापकोटाले संयुक्त दलित सङ्घर्ष समितिको आन्दोलनमाथि प्रहरी दमन गरिएकामा गृहमन्त्री वामदेव गौतमले माफी माग्नुपर्ने र दमन गर्ने प्रहरी अधिकृतमाथि कारबाही गर्नुपर्ने माग गरेका थिए । सोही दलका सांसद कर्णबहादुर विकले अघिल्लो संविधानसभाले पारित गरेको र विगतमा भएको सहमति र सम्झौता विपरीत नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा आएकाले आन्दोलनमा उत्रनुपरेको बताए । शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले गरेको धरपकडमा परी सांसदहरु मानबहादुर विक, दलजित श्रीपाली, जितु गौतमलगायत ३६ जना घाइते हुनुभएको उनले जानकारी गराए । दलित सङ्घर्ष समितिले सङ्घीय राज्यमा तीन, प्रदेशमा पाँच प्रतिशत दलित प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै नयाँ संविधानको मस्यौदा दलितमैत्री नभएकामा विरोध गर्दै आएको छ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दलितका अगुवाहरुमाथि आक्रमण गरेको भन्दै छानबिनको माग गरे । उनले सरकारमा रहेको दल नेकपा (एमाले)ले सोमबार सदनमा देखाएको विरोध लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको भन्दै आपत्ति प्रकट गरे । काँग्रेसका सांसद मीनबहादुर विक र सुजाता परियारले शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले लाठी चलाएको र सांसदहरुको टाउको फुटेको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । दमनमा संलग्न प्रहरी अधिकृतलाई कारबाही गर्नुपर्ने र घाइतेहरुको निःशुल्क उपचार हुनुपर्ने उनको माग थियो । काँग्रेसकै सांसद खड्गबहादुर बस्यालले आफूले उठाएको राजनीतिक अधिकार संस्थागत गर्न शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको बताए। एमालेका सांसद भानुभक्त ढकालले संयुक्त दलित सङ्घर्ष समितिले राष्ट्रव्यापी रुपमा गरेको आन्दोलनमा सांसदहरुमाथि नै दमन गर्ने काम निन्दनीय रहेको भन्दै आपत्ति प्रकट गरे एमालेका सांसद जीतबहादुर दर्जी गौतमले प्रमुख दलका शीर्ष नेतालाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत आफूहरुको माग सम्बोधन नभएको भन्दै बाध्य भएर सडकमा उत्रनुपरेको बताए । सोही दलका सांसद ओफीलाल ओखेडाले दलित अगुवामाथि दमन गर्न आदेश दिने र आक्रमणका उत्रनेलाई कारबाहीको माग गरे । नेकपा (माले)का सांसद अइन्द्रसुन्दर नेम्वाङले पनि दलित अगुवाहरुमाथि गरिएको दमन शान्तिपूर्ण रुपमा भेला हुन पाउने संवैधानिक हक र अधिकारविरुद्ध भएको भन्दै आपत्ति प्रकट गरे । उनले गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संविधान लेखन प्रक्रियालाई भाँजो हाल्ने प्रवृत्तिविरुद्ध सचेत रहनुपर्ने बताए । मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दलित समुदायले अधिकार प्राप्तिका लागि गरिएको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएकामा आपत्ति प्रकट गरे । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले विगत लामो समयदेखि उत्पीडनमा परेको दलित समुदायले उठाएको विषयलाई ठूला दलले नसुनेका कारण शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको स्पष्ट गरे । राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद लालबहादुर रावतलगायतले दलित समुदायमाथि गरिएको प्रहरी दमनको आलोचना गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending