Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक ।  बितेको २४ घण्टामा यहाँका २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको भयो । 

माघको तेस्रो साता लाग्दै गर्दा सङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन् । कोरोना सङ्क्रमणको तेस्रो लहरसम्मले होटल–पर्यटनमा ठूलो घाटा व्यहोर्नुपरेको दु:खेसो पोख्दै धुलिखेलस्थित होटल माउण्ड प्रिन्सका सञ्चालक ज्योत्स्ना सैंजू कोरोना ङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा होटल व्यवसाय तङ्ग्रनेमा आशावादी बन्दै गएको बताए । “यो हप्ताको तथ्याङ्कले होटल–पर्यटनलाई तङ्ग्राउने देखिन्छ, आशावादी बन्नैपर्‍यो”, क्षेत्रीय होटल सङ्घ (हान)को सचिवसमेत रहेका सैँजूले भने । उनी कोरोनाको अर्को लहर आए धुलिखेलका अधिकांश होटल व्यवसायीले धान्न मुस्किल पर्ने बताए ।

सैंजूका अनुसार कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म आइपुग्दा होटल–व्यवसाय धरासायी भई धुलिखेलका चार होटल बन्द भइसकेका छन् । “होटल निर्माणको ब्याज तथा घरभाडासमेत तिर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुपर्‍यो, नयाँ व्यवसायीलाई यो पेशामा निकै चुनौतीपूर्ण छ”, उनले भने । बीस कोठा क्षमता रहेको उनको होटलमा केही दिनदेखि स्वास्थ्य मापदण्ड अपनाएर पाहुनालाई सेवा प्रदान गर्न थालिएको छ । जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहरमा १९३ को मृत्यु भएको थियो भने तेस्रो लहरमा दुईको मृत्यु भएको छ । हाल यहाँ ५३५ सक्रिय सङ्क्रमित छन् । 

नेपालमा कोरोना महामारीको तेस्रो लहरसम्मले धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेको व्यवसायी बताउँछन् । “आन्तिरिक पर्यटकमात्रै धुलिखेल आउनुहुन्छ, अब त यसैलाई सन्तोषजनक मान्नुपर्ने बाध्यता भइसक्यो”, धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले भने । तेस्रो लहरको उत्तराद्र्धमा आफ्नो होटलमा चहलपहल बढ्न थाल्नेमा प्याकुरेल ढुक्क देखेका छन् । एक वर्ष नबित्दै आएको तेस्रो लहरले पहिलेकै चिन्ताले उनमा  ‘डेरा’ जमाइसको छ । “व्यवसायले रुप फेर्लाझैँ लागेको थियो, कोरोना तेस्रो लहरको पुन: थप धरासायी बनाइदियो”, प्याकुरेलले भने । 

पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका अलावा काठमाडाँै, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा छ ।

गत पुसदेखि तेस्रो लहर सुरु भएसँगै धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । पुस र माघमा होटल ठप्पप्राय: नै रहेको व्यवसायी बताउँछन् । कोरोनाको जोखिमले पटक–पटक होटल बन्द गर्नुपर्ने कारणले व्यवसायमा घाटा ब्यहोरिरहनुपरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए । “कोरोनाको जोखिमले होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले दु:खेसो पोखे ।

दैनिक २०० को हाराहारीमा उनको रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रोे लहर वैशाखपछि शून्यमै झरेको श्रेष्ठले बताए । उनले भने, “अब होटलमा आउने आन्तरिक पर्यटकमात्रै हुन्, कोरोना सङ्क्रमण नरोकिएसम्म विदेशी पाहुनाको चहलपहल नहोलाजस्तो छ ।” यही वर्ष दुईपटकको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन निकै प्रभावित बनाएको देखिन्छ ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन निकै हम्मेहम्मे पर्नेमा व्यवसायी चिन्तित देखिएका छन् । “अब स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणतर्फ लाग्नुको विकल्प छैन”, श्रेष्ठले गुनासो गरे ।

सङ्घले यसअघि धुलिखेलको पर्यटन प्रवद्र्धनार्थ ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो । साथै जीपलाइनिङ, हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । 

सङ्घले पुन: प्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने योजना बनाइरहँदा तेस्रो लहरले प्रभावित बनेको देखिएको छ । “हाल पाहुनाको चाहनामा जीपलाइनिङ, नमोबुद्ध तथा जिल्लाकै पर्यटकीय स्थान घुमाउन सक्छौँ, यो पनि बन्द नहोस् भन्ने चाहन्छौँ” संैजू भन्नुहुन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy