Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास गर्दै सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय एकता सुदृढ तुल्याउने र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्ने प्रमुख माध्यमकारूपमा विकास र विस्तार गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै अघि बढाइने बताए । उनले भने, “खेल विधा एउटा क्रियाकलाप मात्र होइन, राष्ट्रियता र राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, देशप्रति लगाव एवं अरु देशसँग सम्बन्ध विस्तार गर्ने औजार हो ।”

विश्वव्यापी मूल्य, मान्यता र प्रविधिको संयोजनबाट नागरिकलाई रोजगारको अवसर सिर्जना गर्न, खेल पर्यटनका माध्यमबाट दिगो विकासका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा आर्थिक वृद्धिलगायतका लक्ष्य हासिल गर्न स्थानीय तहदेखि नै खेलकुदको संस्थागत विकास गर्न विभिन्न कार्ययोजना बनाएर मन्त्रालय अघि बढेको छ । व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक, मानसिक र संवेगात्मक पक्षको सन्तुलित विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ ।

विश्वका प्रत्येक राष्ट्र खेलकै माध्यमबाट क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग जोडिदै आएको र नेपाल पनि अन्तर्राष्ट्रिय तथा आफ्नै मौलिक खेल विधाद्वारा विशिष्टता हासिल गरिरहेको सचिव रेग्मीले उल्लेख गरे। विश्वका चर्चित खेल फुटबल, भलिबल, क्रिकेट, जुडो, कराते, तेक्वान्दोमा समेत मुलुकको पहिचान स्थापित गरेको नेपालले पर्वतीय सहासिक खेल विधामा अरुका सामु अब्बल सावित गरिसकेको छ ।

एक–अर्को देशबीचको सम्बन्धलाई दर्बिलो तुल्याउने माध्यमका रूपमा रहेका खेलकुद विधाका माध्यमबाट सम्बन्ध विस्तार गर्न र देशको श्रीवृद्धिका लागि परराष्ट्र, अर्थ, युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद्, खेल सङ्घ, खेलाडी, प्रशिक्षकको महत्वपूर्ण भूमिका रहनेछ । नेपालले हाल खेलकुद विधाकै माध्यमबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग सङगठन ९सार्क० तथा अरु एशियाली मुलुकसहित अन्तर्राष्ट्रिय जगत्मा देशको झण्डा फहराउने र राष्ट्रियगान घन्काउँदै आएको छ ।

तत्तत् देशका खेलाडी स्वयं, मन्त्रालय–मन्त्रालय, खेलकुद परिषद्, विषयगत खेलकुद सङ्घ, समर्थक क्लब ९फ्यानक्लब०, समर्थक, प्रशिक्षकबाट पनि त्यत्तिकै अग्रसरता र चासोले विश्व खेलकुद क्षेत्रका नवीनतम् अभ्यास भित्र्याउन तथा खेल क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न  योगदान पुग्ने सचिव रेग्मी बताउनुहुन्छ ।

विश्वका कर्यौ मुलुकले खेलकुदकै माध्यमद्वारा पहिचान स्थापित गर्न  सफल भएकाले नेपाललाई सागरमाथा र गौतमबुद्धका अतिरिक्त सहासिक खेलकुदका माध्यमबाट पनि परिचय स्थापित गर्ने सम्भावना प्रशस्त रहेको तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय प्रशिक्षक दीपेन्द्र ढकाल बताउछन् । सरकारले खेलकुद पूर्वाधारको विकास, विस्तार र स्तरोन्नति गर्दै खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी र व्यावसायिक तुल्याउन तथा सबै क्षेत्रमा खेलकुदलाई मूलप्रवाहीकरण गर्ने उद्देश्य राखेको छ । खेल क्षेत्रका विकास र विस्तारका लागि पूर्वशर्तका रूपमा खेलाडी पहिचान, पूर्वाधार विकास र प्रतिस्पर्धालाई लिँदै आएको छ । मन्त्रालयले  एण्टिडोपिङ, म्याच फिक्सिङ तथा बल टेम्परिङजस्ता गैरकानुनी कार्यलाई निरुत्साहन गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिभावान खेलाडी पहिचान, खेलाडी प्रशिक्षक प्रोत्साहन र सामाजिक सुरक्षाको सुनिश्चिता, खेल सहर विकास, खेलकुद क्षेत्रलाई प्रवद्र्धन, व्यावसायिक र मैत्रीपूर्ण खेल प्रतियोगिता र खेल विशेष विज्ञता हासिल गरेका मुलुकसँगको सहकार्य र समझदारीलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशालासहित खेलमैदान, उच्च भू–भागीय खेलकुद तालिम केन्द्र, सार्वजनिक–निजी साझेदारी खेल पूर्वाधार विकास, सङ्घसंस्था सुदृढीकरण, खेल शैक्षिक संस्था स्थापना र प्रतिष्ठान स्थापनालाई जोड दिँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतक मतदाताको नाम दुरुपयोग नहोस् भन्नेमा हामी सचेत छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...

निष्पक्ष चुनाव भए प्रत्यक्षतर्फ ६० सिट जित्ने प्रचण्डको दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...

निर्वाचन सुरक्षाका लागि सीमामा कडाइ: १८ गतेदेखि नाका बन्द हुने

सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...

फेरिएको चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...

नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज, चुनावी तयारीबारे समीक्षा हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...

नीति र एजेन्डामा बहस गरेर मात्र मतदान गरौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...

झापा ४ मा चुनावी सरगर्मी: पुराना प्रतिस्पर्धी र नयाँ शक्तिबिच कडा टक्कर

बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE