Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयास गर्दै सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय एकता सुदृढ तुल्याउने र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्ने प्रमुख माध्यमकारूपमा विकास र विस्तार गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै अघि बढाइने बताए । उनले भने, “खेल विधा एउटा क्रियाकलाप मात्र होइन, राष्ट्रियता र राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, देशप्रति लगाव एवं अरु देशसँग सम्बन्ध विस्तार गर्ने औजार हो ।”

विश्वव्यापी मूल्य, मान्यता र प्रविधिको संयोजनबाट नागरिकलाई रोजगारको अवसर सिर्जना गर्न, खेल पर्यटनका माध्यमबाट दिगो विकासका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा आर्थिक वृद्धिलगायतका लक्ष्य हासिल गर्न स्थानीय तहदेखि नै खेलकुदको संस्थागत विकास गर्न विभिन्न कार्ययोजना बनाएर मन्त्रालय अघि बढेको छ । व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक, मानसिक र संवेगात्मक पक्षको सन्तुलित विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ ।

विश्वका प्रत्येक राष्ट्र खेलकै माध्यमबाट क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग जोडिदै आएको र नेपाल पनि अन्तर्राष्ट्रिय तथा आफ्नै मौलिक खेल विधाद्वारा विशिष्टता हासिल गरिरहेको सचिव रेग्मीले उल्लेख गरे। विश्वका चर्चित खेल फुटबल, भलिबल, क्रिकेट, जुडो, कराते, तेक्वान्दोमा समेत मुलुकको पहिचान स्थापित गरेको नेपालले पर्वतीय सहासिक खेल विधामा अरुका सामु अब्बल सावित गरिसकेको छ ।

एक–अर्को देशबीचको सम्बन्धलाई दर्बिलो तुल्याउने माध्यमका रूपमा रहेका खेलकुद विधाका माध्यमबाट सम्बन्ध विस्तार गर्न र देशको श्रीवृद्धिका लागि परराष्ट्र, अर्थ, युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद्, खेल सङ्घ, खेलाडी, प्रशिक्षकको महत्वपूर्ण भूमिका रहनेछ । नेपालले हाल खेलकुद विधाकै माध्यमबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग सङगठन ९सार्क० तथा अरु एशियाली मुलुकसहित अन्तर्राष्ट्रिय जगत्मा देशको झण्डा फहराउने र राष्ट्रियगान घन्काउँदै आएको छ ।

तत्तत् देशका खेलाडी स्वयं, मन्त्रालय–मन्त्रालय, खेलकुद परिषद्, विषयगत खेलकुद सङ्घ, समर्थक क्लब ९फ्यानक्लब०, समर्थक, प्रशिक्षकबाट पनि त्यत्तिकै अग्रसरता र चासोले विश्व खेलकुद क्षेत्रका नवीनतम् अभ्यास भित्र्याउन तथा खेल क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न  योगदान पुग्ने सचिव रेग्मी बताउनुहुन्छ ।

विश्वका कर्यौ मुलुकले खेलकुदकै माध्यमद्वारा पहिचान स्थापित गर्न  सफल भएकाले नेपाललाई सागरमाथा र गौतमबुद्धका अतिरिक्त सहासिक खेलकुदका माध्यमबाट पनि परिचय स्थापित गर्ने सम्भावना प्रशस्त रहेको तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय प्रशिक्षक दीपेन्द्र ढकाल बताउछन् । सरकारले खेलकुद पूर्वाधारको विकास, विस्तार र स्तरोन्नति गर्दै खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी र व्यावसायिक तुल्याउन तथा सबै क्षेत्रमा खेलकुदलाई मूलप्रवाहीकरण गर्ने उद्देश्य राखेको छ । खेल क्षेत्रका विकास र विस्तारका लागि पूर्वशर्तका रूपमा खेलाडी पहिचान, पूर्वाधार विकास र प्रतिस्पर्धालाई लिँदै आएको छ । मन्त्रालयले  एण्टिडोपिङ, म्याच फिक्सिङ तथा बल टेम्परिङजस्ता गैरकानुनी कार्यलाई निरुत्साहन गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिभावान खेलाडी पहिचान, खेलाडी प्रशिक्षक प्रोत्साहन र सामाजिक सुरक्षाको सुनिश्चिता, खेल सहर विकास, खेलकुद क्षेत्रलाई प्रवद्र्धन, व्यावसायिक र मैत्रीपूर्ण खेल प्रतियोगिता र खेल विशेष विज्ञता हासिल गरेका मुलुकसँगको सहकार्य र समझदारीलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशालासहित खेलमैदान, उच्च भू–भागीय खेलकुद तालिम केन्द्र, सार्वजनिक–निजी साझेदारी खेल पूर्वाधार विकास, सङ्घसंस्था सुदृढीकरण, खेल शैक्षिक संस्था स्थापना र प्रतिष्ठान स्थापनालाई जोड दिँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending