Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

जर्मनी राजदूतद्वारा कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन

खबरडबली संवाददाता
काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गरेका छन्  । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् । 
 
सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोगअन्तर्गत नेपालका विभिन्न परियोजना लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सवलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको बताए । 
 
उनले बाल चिकित्सालाई सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताए । नेपालमेड इभि जर्मनीका अध्यक्ष डा आर्ने ड्रिउजले सो संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानवसंशाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएको जनस्तरबाट भएको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजाने बताए । फेक्ट नेपालका अध्यक्ष डा भरत प्रधानले जर्मनीमा विभिन्न क्षेत्रमा कार्यरत नागरिकको पहलमा स्थापित नेपालमेड संस्थाले २०७२ सालको महाभूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको बताए ।  
 
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नेपालमेड संस्थाले नागरिकस्तरबाट कीर्तिपुरको स्वास्थ्य, शिक्षाका क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरे । फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले स्थानीय सरकारसँगको सहकार्यमा सामुदायिक ढाँचामा सञ्चालन गरिएको कीर्तिपुर अस्पतालले छोटो समयमै विशिष्ठ स्वास्थ्य सेवा प्रदान गर्न सक्षम भएको जनाउँदै बाल चिकित्सा वार्डको निर्माणले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 
सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले नेपालमेडको सहयोगमा कार्यान्वयन गरिएका विभिन्न स्वास्थ्य परियोजनाका बारेमा जानकारी दिए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy