Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता

रासस

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ ।

सिइओ क्लब अफ ग्लोबलले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका लागि कतार एयरवेजसँग व्यावसायिक सम्झौता गरिएको हो । सम्झौतापत्रका सिइओ क्लब ग्लोबल नेपाल शाखाका अध्यक्ष डा शम्भु पोखरेल र कतार एयरवेज नेपालका सेल्स म्यानेजर सरिक बोगटीले हस्ताक्षर गरे ।

दुई संस्थाबीच सम्झौता भएसँगै अब सिइओ क्लबका सदस्यले कतार एयरवेजको जहाजमार्फत विदेश जाँदाआउँदा हवाई टिकटमा १० प्रतिशत सहुलियत पाउने भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा मुख्य कार्यालय रहेको सिइओ क्लब ग्लोबलले हालसम्म १०० भन्दाबढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको नेपाल शाखाका अध्यक्ष डा पोखरेलले बताए ।

निजी क्षेत्रका नेतृत्वदायी व्यक्ति तथा संस्था, कूटनीतिक नियोगका प्रमुख, सरकारी क्षेत्रका उच्च ओहोदाका व्यक्ति सदस्य रहने उक्त क्लबमा हाल विश्वभर १० हजारभन्दा बढी सदस्य रहेका छन् । दुई वर्ष पहिले नेपालमा शाखा विस्तार गरेको सिइओ क्लब ग्लोबल नेपाल शाखाले नेपाल युएई विजनेश काउन्सिल गठन गरेको छ । हाल नेपालमा उक्त क्लबमा ४५ सदस्य आबद्ध रहेको अध्यक्ष पोखरेलले बताए । उक्त क्लबले शीर्ष तहमा राजनीतिक, व्यापार, व्यवसायलगायतको क्षेत्रमा सहकार्य गराउँदै आएको छ ।

नेपालमा दैनिक चार उडान भर्दै आएको कतार एयरवेजले विश्वका १४० भन्दा बढी मुलुकमा आफ्नो गन्तव्य विस्तार गरिसकेको नेपालका सेल्स म्यानेजर बोगटीले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy