Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो ?

शान्ति सम्झौताका शर्तहरूलाई लिएर खुशी छैन युक्रेन

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनसँग जोडिएका सीमा नाकामा आफ्ना करिब एक लाख ३० हजार फौज तैनाथ भइरहँदा रुसले पश्चिमा देशबाट सुरक्षाको सुनिश्चितता खोजिरहेको छ।

रुसले जुनसुकै बेला पनि हमला गर्नका लागि आफ्ना फौजहरू तयारी अवस्थामा राखेको अमेरिकाले बताइरहँदा रुसले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

अब त्यहाँ हुने घटनाक्रमले युरोपको समग्र सुरक्षा संरचनालाई जोखिममा पार्न सक्छ।

आक्रमणको जोखिम

युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको कुरामा रुस अडिग रहिआएको छ।

रुसी गुप्तचर निकायका प्रमुख सर्गेई नरिस्किनले अमेरिकाले फैलाइरहेको खतरनाक झूटको निन्दा गरेका छन्।

तर रुसले सन् २०१४ मा युक्रेनमाथि अतिक्रमण गरेको र उसको भूमि आफूमा गाभेको पृष्ठभूमिमा त्यो धम्कीलाई गम्भीर रूपमा लिइँदै छ।

बेलारुसमा हजारौँ रुसी सेना अभ्यासरत छन्

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिवले द्वन्द्वको जोखिम वास्तविक रहेको चेतावनी दिएका छन्।

रुसले जतिबेला पनि अतिक्रमण गर्नसक्ने अमेरिकाले बताउँदै आएको छ।

यद्यपि त्यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के निर्णय गरेका छन् भन्नेबारे केही थाहा छैन।

अमेरिकी राष्ट्रपति जो बाइडनका उच्च सैन्य अधिकारी जेनरल मार्क मिलीले रुसी फौजको हमलाले ठूलो स्तरमा हताहती निम्त्याउन सक्ने र सहरी क्षेत्रमा डरलाग्दो लडाइँ हुन सक्ने चेतावनी दिएका छन्।

युक्रेनी राष्ट्रपतिले त्रास नफैलाउन पश्चिमा देशहरूलाई अपिल गरेका छन्।

रुसले युक्रेनी सीमानजिक अनुमानित एक लाख फौज तैनाथ गरेको छ भने सीमादेखि १,०८४ किलोमिटर टाढा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासरत छन्।

रुसले युक्रेनलाई किन धम्काइरहेको छ ?

रुसले लामो समयदेखि नेटो र युरोपेली सङ्घप्रति युक्रेनी कदमको विरोध गर्दै आएको छ।

उसको अहिलेको मुख्य माग भनेको युक्रेन नेटोमा आबद्ध नहुने कुराको सुनिश्चितता पश्चिमा देशहरूले गर्नुपर्ने रहेको छ।

अग्रपङ्क्तिमा देखिएका युक्रेनी राष्ट्रपति

हुन त युक्रेनी सीमा ईयू र रुस दुवैसँग जोडिएको छ। तर पूर्वसोभियत गणतन्त्रसँग उसको गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ।

नेटोबाट के चाहन्छ रुस 

राष्ट्रपति पुटिनका अनुसार युक्रेन नेटोमा आबद्ध भयो भने उक्त गठबन्धनले क्राइमियामाथि पुनः नियन्त्रण कायम गर्ने प्रयास गर्न सक्छ।

रुसलाई समर्थन गर्ने तत्कालीन राष्ट्रपति सन् २०१४ को सुरुतिर पदच्युत भएपछि मस्कोले क्राइमियालाई आफूमा गाभेको थियो।

नेटोले युक्रेनमा अस्त्रहरू पठाइरहेको र रुसी विकासलाई रोक्न अमेरिकाले तनाव बढाइरहेको मस्कोको आरोप छ।

नेटो सन् १९९७ अघिका सीमामा फर्कियोस् भन्ने रुस चाहन्छ।नेटो पूर्वतर्फ नबढ्न नहुने र पूर्वी युरोपमा उसका गतिविधि बन्द हुनुपर्ने उसको माग छ।

त्यसको अर्थ पोल्यान्ड तथा इस्टोनिया, लाट्भिआ र लुथिआनियाबाट कम्ब्याट एकाइहरू हटून् अनि पोल्यान्ड र रोमानियाजस्ता देशमा क्षेप्यास्त्र तैनाथ नगरियोस् भन्ने हो।

रोकिएला रुसी कदम ?

अमेरिकी राष्ट्रपति बाइडन र फ्रेन्च राष्ट्रपति एम्यानुअल माक्रोँसँग भएका कैयौँ वार्तामा पुटिनले आफू तनावको स्रोत नबन्ने प्रतिबद्धता जनाएका छन्।

टेलिफोन वार्ता

तर प्रश्न यो छ कि रुसले के सम्म गर्ला। सीमापार चालिने जुनसुकै कदम नयाँ आक्रमण सरह हुने ह्वाइट हाउसले बताउने गरेको छ।

तर, रुसले साइबर हमला र अर्धसैनिक रणनीतिहरूलगायत अरू अस्त्रहरू आफूसँग रहेको सङ्केत गर्ने गरेको छ।

गत ज्यानुअरीमा ७० वटा युक्रेनी सरकारी वेबसाइटहरू नचल्दा साइबर हमलामा आफ्नो हात रहेको रुसले अस्वीकार गरेको थियो।

सम्झौता 

सम्भावित सहमतिले पूर्वी युक्रेन युद्ध र बृहत् सुरक्षा मुद्दा दुवैलाई समेट्नुपर्ने हुन्छ।

सन् २०१४ र २०१५ को मिन्स्क शान्ति सम्झौताहरूलाई ब्युँताउने विषयमा रुस, युक्रेन, फ्रान्स र जर्मनी सम्मिलित वार्ताहरूबाट अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन।

सम्झौताका शर्तहरूलाई लिएर युक्रेन खुशी छैन। उसलाई लाग्छ त्यसबाट रुस र पृथकतावादीहरूको हात माथि परेको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending