काठमाडौं । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् । सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालेले राखेको माग सम्बोधनबिना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उनले बताए ।
एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए । आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भने ।
‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौं,’ उनले भने । एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि काँग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकोले एमालेको भूमिका कम हुने उनले बताए । एमसीसीभन्दा पनि आफूहरूले राखेको माग ठूलो भएकोले पहिला आफूको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइतबार संसद बैठकमा पनि एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो । -न्युज कारखाना
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - १७:१२
सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...
पौष ६ गते, २०८१ - १७:०६
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाले...
पौष ६ गते, २०८१ - १६:५७
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र...
पौष ६ गते, २०८१ - १६:४२
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । त्रिभुवन विश्वबिधालयमा आज सम्...
पौष ६ गते, २०८१ - १६:३७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्। सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै ...
पौष ६ गते, २०८१ - १६:२३
इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भए...
पौष ६ गते, २०८१ - १६:१६
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजि...
पौष ६ गते, २०८१ - १५:५८
काठमाडौं। जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरे...
पौष ६ गते, २०८१ - १५:५४
काठमाडौं। जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् । नेपाल प्रिमियर लिगकन्ह जारी फाईनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरल...
पौष ६ गते, २०८१ - १५:४६
इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गरेको छन । युवावर्गको नेतृत्व र व्यक्तित्व व...
प्रतिकृया लेख्नुहोस्: