Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

युक्रेन-रुस संकट : अमेरिकाले थप हतियार दिनेमा युक्रेन विश्वस्त

पुटिनले मागे रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका छन्।

मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको बताए।

रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ।

रुसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन्।

अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्याङ्कको व्यापारमा रोक लगाउने घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन्।

तर, तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताए।

आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग दिन जारी राख्ने बाइडनले प्रतिबद्धता जनाएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन्।

तर, जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए।

रुस र युक्रेनबीच वार्ताको संयोजन गर्ने टर्कीको प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले स्वागत गरेका छन्।

उनले जर्मनी र टर्की सहित राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरूको सहभागिता रहने शिखर सम्मेलनको आह्वान गरेका छन्।

उनले पश्चिमा राष्ट्रहरूले रुस माथि लगाएको प्रतिबन्धको स्वागत गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति मागेको जानकारी आएको छ। त्यसबाट रुसलाई युक्रेनमा ठूलो आक्रमण गर्न बाटो खुल्न सक्ने बताइन्छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार न...

पार्टी विभाजनविरुद्ध अदालत जाँदै उपेन्द्र यादव

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । यसबारे औपचारिक निर्णय गर्न आज ...

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अध...

बलात्कार मुद्दामा सन्दीपको दाबी- यो घटना घटेको होइन, घटाइएको हो

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...

सुनकोसी-मरिण डाइभर्सनको आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ...

इलाम-२ बाट निर्वाचित सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। सिंहदरबारस्थित कृषि समितिको...

म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो...

मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री, को हट्दैछ, को मन्त्री बन्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन...

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुङ्गा । वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies