काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताएका छन्।
वार्ताका लागि आफूले गरेको पहल बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उनले बताए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २ लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।
अबेर रात गरिएको टेलिभिजन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपतिले उनीहरूकै भाषामा रुसका जनतालाई समेत सम्बोधन गरेका थिए।
उनले भने 'हामीलाई सुन्नुहोस्। युक्रेनका मानिसहरू शान्ति चाहन्छन्। युक्रेनका निकायहरू शान्ति चाहन्छन्।'
लुह्यान्सक र डोनेट्स्कका रुस समर्थक पृथक्तावादीहरूले युक्रेनी सेनाको आक्रामक व्यवहारसँग जुझ्नका लागि सैन्य सहायता मागेको क्रेमलिनले जनाएको छ।
उक्त विवरणबारे छलफल गर्नका लागि राष्ट्रसंघिय सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले माग गरेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको भोलिपल्ट युक्रेनले सङ्कटकालको घोषणा गरेको छ।
युक्रेनले आफ्ना नागरिकहरूलाई रुस छाड्न आह्वान पनि गरेको छ। रुसी राष्ट्रपति पुटिनले भने टेलिभिजन सम्बोधनमा रुस र रुसी जनताको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।
बुधवार पुटिनले रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति मागेको जानकारी आएको थियो।
राष्ट्रपति पुटिनको आफ्ना सैनिकले त्यहाँ शान्ति कायम राख्ने बताए पनि पश्चिमा विश्वले त्यसलाई बकवास बनेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति कायम राख्ने विषयको विकृत धारणाले आफू चिन्तित बनेको बताएका छन्।
पृष्ठभूमि
रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायःद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुनस् चर्केको हो।
मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्।
पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको बताएका छन्।
युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्ताबीच केही साताअघि युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो।
विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्धकालदेखि द्वन्द्व रहेको छ।
युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: