Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

युक्रेन-रुस युद्ध : परमाणुअस्त्रका जोखिम के हुन् ?

शीतयुद्धको समयमा मस्कोले बनाइएको थियो परमाणुअस्त्र हेर्न विशाल खुफिया सञ्जाल

खबरडबली संवाददाता

काठमाडौं । आइतवार राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रुसको परमाणुअस्त्र समाविष्ट प्रतिरोधात्मक बललाई "युद्धका लागि विशेष भूमिकामा सक्रिय राख्न" आदेश दिए। 

वास्तवमा यस भनाइको अर्थ के हो भन्ने स्पष्ट नभएको पश्चिमी देशका विश्लेषकहरूले बताएका छन्। ब्रिटेनका अधिकारीहरूका अनुसार पुटिनले प्रयोग गरेको भाषा रुसी परमाणुअस्त्रबारे सतर्कतासम्बन्धी उनीहरूको बुझाइसँग पूर्ण रूपमा मिल्दो छैन।

केहीले पुटिनले सतर्कता स्तरलाई निकै तल्लो स्तर मानिने निरन्तरभन्दा माथिल्लो स्तर उच्चमा पुर्‍याउन आदेश दिएको विश्वास गरेका छन् (त्योभन्दा माथि सैन्य खतरा स्तर र त्यसपछि पूर्णस्तर हुने गर्छ)।

यद्यपि धेरैले यस आदेशलाई प्रमुख रूपमा परमाणुअस्त्रहरू प्रयोग गर्ने वास्तविक उद्देश्यका साटो सार्वजनिक सङ्केतको रूपमा व्याख्या गरेका छन्। पुटिनलाई थाहा छ कि कुनै पनि त्यस्तो कदमपछि पश्चिमको पारमाणविक प्रतिशोध निम्त्याउनेछ।

युकेका रक्षामन्त्री बेन वालेसले यस घोषणालाई मुख्यतया आम मानिसमा प्रभाव पार्न दिइएको बयान भएको बताएका छन्। यसको अर्थ त्यहाँ जोखिम छैन भन्ने होइन र अवस्थालाई नजिकबाट हेरिने सम्भावना छ।

के यो नयाँ चेतावनी थियो?

गत साता पुटिनले थप साङ्केतिक भाषामा यदि अन्य देशहरूले रुसको योजनामा हस्तक्षेप गरे भने उनीहरूले "आफूले कहिल्यै नदेखेको" परिणाम भोग्ने चेतावनी दिएका थिए।

त्यसलाई नेटोलाई युक्रेनमा प्रत्यक्ष रूपमा सैन्य संलग्नता हुन नदिने चेतावनीको रूपमा व्यापक विश्लेषण गरिएको थियो।

यद्यपि नेटोले रुससँग प्रत्यक्ष द्वन्द्व सुरु हुने र त्यो पारमाणविक युद्धका रूपमा अघि बढ्न सक्ने सम्भावनाका कारण उक्त सङ्गठनले त्यहाँ सेना नपठाउने प्रस्ट पार्दै आएको छ।

आइतवार दिइएको चेतावनी भने प्रत्यक्ष र सार्वजनिक थियो।

नयाँ चेतावनी 

पुटिनले यस कदमलाई रुसविरुद्ध "चर्को टिप्पणी"को प्रतिक्रियामा भएको बताए। सोमवार क्रेमलिनले ती टिप्पणी नेटोसँग सम्भावित द्वन्द्व र प्रतिरोधका बारेमा ब्रिटेनकी विदेशमन्त्री लिज ट्रसलगायत पश्चिमी अधिकारीहरूको बयानसँग सम्बन्धित रहेको जनाएको छ।

पश्चिमी अधिकारीहरूले नयाँ चेतावनी पुटिनले युक्रेनका बारेमा गलत अनुमानको गरेकाले आएको हुनसक्ने बताएका छन्।

यसले उनलाई नयाँ विकल्पहरू र कडा छलफलहरू गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिन।

"यो उनको क्रोध, तनाव र निराशाको सङ्केत हो," एक हालसालै अवकाशप्राप्त ब्रिटिश जनरलले भने।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले पुटिनको भाषा, रुसले युक्रेनमा पहिलो आक्रमण नगरेको तर आफ्नो प्रतिरक्षाका निम्ति आक्रमण गरेको भन्ने बयानको एउटा अंश भएको बताइन्।

यसरी हेर्दा परमाणुअस्त्र प्रयोगको चेतावनी उनका आफ्नै मानिसहरूका लागि प्रवाह गरिरहेको सन्देश हो।

अर्को कोणबाट हेर्दा पुटिन युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने पश्चिमी योजनाहरूको बारेमा चिन्तित छन् र उनीहरूलाई त्यसो नगर्न चेतावनी दिन चाहन्छन्।

त्यस्तै उनी जारी प्रतिबन्धहरूका कारण चिन्तित छन् जसलाई आफ्नो मन्तव्यमा अशान्ति निम्त्याउन र उनको सरकारलाई पराजित गर्न रचिएको भनी उल्लेख गरेका थिए।

तर, उनको समग्र सन्देश नेटो प्रत्यक्ष रूपमा संलग्न भए घटनाहरू चर्कनसक्ने चेतावनी जस्तो देखिन्छ।

जोखिमहरू

यदि पुटिनको धम्कीलाई हतियार प्रयोग गर्ने चाहनाको सङ्केतको साटो चेतावनीको रूपमा लिइएको भए पनि घटनाहरू अनियन्त्रित बन्ने वा एक पक्षले अर्को पक्षबारे गलत विश्लेषण गर्ने जोखिम सधैँ रहन्छ।

चिन्ताको विषय त के हो भने पुटिन एक्लो र सबैको सम्पर्कबाट टाढा भएका छन्। उनका सीमित सल्लाहकारहरू मात्र उनलाई सत्य बताउन चाहन्छन्।

केहीमा उनको निर्णय अनिश्चित भइरहेको डर छ। कोही भने उनको निर्णयहरू यसैगरी धेरै अघि बढे सेनाभित्रै कतिपयले ती आदेश मान्न इच्छुक नहुन सक्ने आकलन गर्छन्।

अहिले कुनै पनि पारमाणविक द्वन्द्वको जोखिम थोरै बढेको हुनसक्छ, तर ती अझै पनि कम छन्।

पश्चिमको प्रतिक्रिया

हालसम्म पश्चिमी सरकारहरूले मौखिक वा लिखित बयान वा कार्यलाई नबढाउन सावधानी अपनाएका छन्।

अमेरिकी सेना रक्षा तयारीसहित सतर्क छ जसलाई डेफकन भनिन्छ। सोमवार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले त्यहाँको पारमाणविक सतर्कताको स्तर "परिवर्तन गर्नु पर्ने कुनै कारण" नभएको बताइन्।

युकेसँग समुद्रमा पारमाणविक सशस्त्र पनडुब्बीहरू छन् र उसले पनि सार्वजनिक रूपमा केही भन्न सक्ने सम्भावना छैन। यस देशको उद्देश्य रुसी घोषणालाई धम्कीका रूपमा लिने र त्यसलाई गम्भीरताका साथ लिएर तनाव नबढाउने जस्तो देखिन्छ।

पश्चिमी सुरक्षा अधिकारीहरूले हाल पारमाणविक सङ्कट नभएको र त्यसो हुन नहुने बताए।

रुसले के गरिरहेको छ पश्चिमलाई थाहा छ?

ब्रिटेनले रुसको पारमाणविक हतियारको वास्तविक अवस्थामा अहिलेसम्म कुनै परिवर्तन नदेखेको त्यहाँका रक्षामन्त्री बेन वालेसले बीबीसीलाई बताए। त्यसलाई गुप्तचर स्रोतहरूले नजिकबाट अवलोकन र पुष्टि गर्नेछ।

शीतयुद्धको समयमा मस्कोको परमाणुअस्त्र हेर्नको लागि पश्चिममा एक विशाल खुफिया सञ्जाल बनाइएको थियो।

‍भूउपग्रहहरू, सञ्चार जासुसी अनि अन्य स्रोतहरूको विश्लेषण गरी व्यवहारमा कुनै पनि परिवर्तनको सङ्केतहरू पत्ता लगाइन्थ्यो- जस्तै हतियारहरू वा बमवर्षकहरूका लागि चालक दलको तयारी अवस्था - किनकी यस्ता कार्यले सतर्क रहन चेतावनी दिन्छ।

तीमध्ये धेरै अहिले यथास्थितिमा छन् र हाल रुसको व्यवहारमा कुनै महत्त्वपूर्ण परिवर्तन हुन गइरहेको छ कि भनेर बुझ्नको लागि पश्चिमले तिनको गतिविधिलाई नजिकबाट हेर्नेछ।

हालसम्म कुनै त्यस्तो सङ्केत देखिएको भने छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending