काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'युद्ध अपराधी'' भनेका छन्।
रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ''अस्वीकार्य अनि अक्षम्य' बताएको छ।
अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको बताइएको छ।
बाइडनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा विना तयारी त्यस्तो प्रतिक्रिया जनाएका थिए।
पुटिनको निन्दा गर्न उनले यस्तो भाषा प्रयोग गरेको यो पहिलो पटक हो।
पछि ह्वाइट हाउसले राष्ट्रपति बाइडनले 'आफ्नो मनबाट बोलेको' जनाएको थियो।
पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भने, 'हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ जसका बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको छ।'
बुधवार एक जना सञ्चारकर्मीले बाइडलाई 'सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ?' भनेर प्रश्न गरेका थिए।
सुरुमा बाइडनले 'छैन' भन्ने जवाफ फर्काए।
तर, उनलाई प्रतिप्रश्न गरिएपछि आफ्नो जवाफ फेरे र भने: 'तपाईँले मलाई के मैले … भन्नेछु भनेर सोध्नु भएको हो? मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन्।'
पछि ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको 'बर्बर' तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नु भन्दा पनि आफ्नो मनबाट बोलेको बताइन्।
युद्ध अपराध निर्धारण गर्न विदेश मन्त्रालयले सञ्चालन गर्ने एउटा छुट्टै कानुनी प्रक्रिया रहेको र त्यो छुट्टै चलिरहेको उनले उल्लेख गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: