पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, '०६४ सालको निर्वाचनमा पनि माओवादीको ५ सिट पनि आउदैन भनेर हेप्थे। तर, हामीले एकल बहुमत ल्यायौँ। अहिले पनि जनताले कुरा बुझिसके। पछिल्लो माहोल हेर्दा हामी पहिलो पार्टी हुने अवस्थामा पुगिसक्यौँ।'
लोकतन्त्र, संविधानको रक्षा गर्ने माओवादी नै हो भन्ने बुझिसकेको उनको भनाइ छ।
प्रचण्डले भने, 'माओवादी नै प्रगतिको संवाह भन्ने जनताले बुझिसकेका छन्। पछिल्लो लहरले हामी कसैको वैशाखीबिना एक्लै चुनाव लड्छौँ। गत साल विघटन स्वीकार गरिएको भए देश नै खतरामा पथ्यो। हामीले निर्णायक भूमिका खेल्यौँ। गठबन्धन माआवादीकै जोड हो। माओेवादीले नै लोकतन्त्र र संविधान मात्रै होइन। देशलाई दुर्घटनाबाट बचायो।'
उनले एमालेसँग तत्काल तालमेलको सम्भावना नभएपनि राजनीतिमा असम्भव भन्ने केही नभएको प्रष्ट पारे।
'हामी तालमेल गर्न जाने होइन। अब अरु पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ' उनले भने, 'एमालेसँग तालमेलको कुरा मैले राजनीतिक रुपमा भनेको हुँ। माओवादीलाई कांग्रेसका केही नेताले चमेरो भने त्यस्तालाई भनेको हो।'
उनले शेरबहादुर देउवा र केपी ओलीलाई दुईदुई पटक प्रधानमन्त्री बनाउन आफैले प्रस्ताव गरेको समेत बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: