जनकपुर । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याए पनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उहाँको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - ०७:१७
सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्ष...
पौष १९ गते, २०८१ - ०७:१५
कञ्चनपुर । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार...
पौष १९ गते, २०८१ - ०७:०८
बाँके । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१–६२ मा स्थापना भ...
पौष १९ गते, २०८१ - ०७:०१
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वी...
पौष १८ गते, २०८१ - ०९:३८
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मान...
पौष १८ गते, २०८१ - ०९:२८
काठमाडौं । आज संसद्का ६ वटा समितिका बैठक आज बस्दै छन्। प्रतिनिधि सभाका ४ र राष्ट्रिय सभाका २ समितिका बैठक आज बस्न लागेका हुन्। प्रतिनिधि सभाअन्तर...
पौष १८ गते, २०८१ - ०९:१३
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको होे । बैठकले पुस ...
पौष १८ गते, २०८१ - ०८:४६
महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उ...
पौष १८ गते, २०८१ - ०८:४१
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो। बैठकमा आगामी २१...
पौष १८ गते, २०८१ - ०८:०५
काठमाडौं । संघीय संसद्मा २० विधेयक अलपत्र परे पनि सरकारले संसद् बैठक बोलाउन आलटाल गरिरहेको छ । संसद् अधिवेशन धकेलेर दल विभाजन सहज पार्ने अध्यादेश ल्या...
प्रतिकृया लेख्नुहोस्: