काठमाडौं । ललितपुर महानगरपालिकामा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्था हुने देखिएको छ ।
एमालेका अध्यक्ष केपी ओलीका निकट मानिने ज्ञानेन्द्र शाक्य र मन्जरी शाक्य मेयरको आकांक्षीमा छन् । यी दुवै जना यसअघि पनि मेयरका आकांक्षी थिए ।
तर, एमाले ललितपुरका पूर्वजिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले अन्तिम समयमा टिकट पाएका थिए । व्यञ्जनकार कांग्रेसका नेता एवं हालका मेयर चिरिबाबु महर्जनसँग ३ सय मतले पराजित भएका थिए ।
एमाले नेता व्यञ्जनकारले नै फेरि मेयरमा टिकट पाउने सम्भावना रहेको समाचार आजको राजधानी दैनिकले लेखेको छ।
व्यञ्जनकारले मेयरमा टिकट पाएमा मन्जरी उपमेयरको उम्मेदवार बन्न तयार रहेको चर्चा एमालेभित्र छ । ललितपुर महानगरमा प्रेम महर्जन समेत बलिया उम्मेदवार हुन् । एमालेले महर्जनलाई समेत उम्मेदवार बनाउन सक्ने सम्भावना बढिरहेको छ ।
एमालेले चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न यसअघि नै निर्देशन गरिसकेको छ । जसअनुसार सम्बन्धित कमिटीले एक महिलासहित तीन जना प्रत्यासीको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । यसरी सिफारिस भइआएको नामावली हेरेर माथिल्लो कमिटीले टुंगो लगाउनेछ ।
महानगरको हकमा महानगर कमिटीको सिफारिसमा जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेपछि केन्द्रीय कमिटीले निर्णय गर्ने मापदण्ड एमालेले बनाएको छ ।
एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिको कामको मूल्यांकनका आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एवं सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड तय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: