Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

चिढ्याउने, होच्याउने गरेकाले सहपाठीबाटै दाजुसँग मिलेर कविताको हत्या

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । 

घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल (खत्री) उनको ठूलो बुवाको छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको एउटै कक्षामा पढ्ने अति मिलनसार सहपाठीको योजनामा बेलका नगरपालिका–३ डंगटोलस्थित बाँसघारीमा हत्या गरिएको थियो । 

बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेका थिए । ढलि सकेपछि दुवै जनाले कवितालाई ४० मिटर घिसार्दै लगी यशोदा खोला किनाराको काठको गोलिया पु¥याएर पुन ढुंगाले हिर्काई मरेपछि लुकाएका थिए ।

सरिता ढकाल (खत्री)ले दुई तीनसाता अघि नै कविता सुनुवारलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरिएको छ । हत्या गर्ने दिन बिहान ४ बजेर ५ मिनेट जाँदा आरोपित ढकालले कविताको मोबाइलमा एसएमएस गरी विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षा (ट्युसन कक्षा) जान बोलाएको देखिन्छ । 

मृतक कविताले प्रयोग गर्ने मोबाइलमा सहपाठी ढकालले बोलाएर गएको तर विद्यालय पुग्नुअघि नै उनको ज्यान गए पनि सरिता भने विद्यालय नगएको देखिएको समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

हत्या आरोपित बेलका नगरपालिका–३ किराँत चोककी सरिता ढकाल (खत्री) घरमा बस्दै आए तापनि विनोद भने भारतको सिक्किम राज्य बियुङ घर भई एक वर्षदेखि काका जितबहादुर ढकालको घरमा बस्दै आएका थिए । मृतक कविताले आपूmलाई विद्यालयमा ससानो कुरामा चिढ्याउने, होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बयान दिएकी छन् । 

आफूलाई अपहेलना गर्ने काम बारम्बार भएकाले आफूले दाजु विनोद ढकाललाई भनी मार्ने योजना बनाएको उल्लेख गरिन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy