Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

भरतपुरमा पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने व्यक्तिहरुको सङ्ख्या बढी

खबरडबली संवाददाता

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो ।

सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ ।

सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ । नियमितरुपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् ।

वार्षिकरुपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, “अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।” क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुके क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफैँ पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ ।

भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको जनाउँदै उहाँले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको उनको भनाइ छ । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी राजधानीमा हुने उपचार यही हुने भएपछि छिमेकी जिल्लाबाट धेरै बिरामी उपचारका लागि आउँदा होटल रेष्टुराँको व्यवसाय राम्रो भएको बताए । यहाँका होटल रेष्टुराँको मुख्य आम्दानी स्वास्थ्य पर्यटक बन्दै गएको सुवेदीको भनाइ छ । देशैभरबाट र भारतबाट समेत बिरामी उपचार गर्न आउने गरेको जनाउँदै उनले आउँदा दिनमा स्वास्थ्य पर्यटकको सङ्ख्या अरु थपिने बताए । उनले चितवनमा सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भए पनि आर्थिक हिसाबले स्वास्थ्य पर्यटक चितवनका लागि उपयुक्त भएको उनले बताए । उनले भने,“स्वास्थ्य पर्यटकको कुनै सिजन हुँदैन, सधैँभरि नै एकनासको भइरहन्छ ।”

भरतपुर क्षेत्रमा होटलसँग साना रेष्टुराँ धेरै चलेका छन् । दुई मेडिकल कलेजसँगै प्राविधिक कलेजमा पढ्न आउने ठूलो सङ्ख्याका विद्यार्थीका कारण पनि यहाँको आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशनका उपाध्यक्ष अनुसा पाठक यहाँका अस्पतालका बिरामी, कुरुवा, विद्यार्थी, चिकित्सक मुख्य सेवाग्राही भएको बताउँछन् । भरतपुर क्षेत्रमा मात्रै २०० भन्दा बढी रेष्टुराँ खुलेको जनाउँदै उहाँले तिनीहरुको मुख्य आधार अस्पताल भएको बताए ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी उपचारका हिसाबले राजधानी पछिको दोस्रो गन्तव्य चितवन भएको बताए । यहाँ उपचारका लागि आउने बिरामी र तिनका कुरुवा घुम्न आउने पर्यटकभन्दा धेरै रहेको भन्दै उनले उपचारपछि र कुर्नुपर्ने बेलामा घुम्नका लागि नजिकका गन्तव्यसँग जोड्नुपर्ने सुझाव दिए । उनले मेडिकल टुरिज्म र मेडिकल सिटीलाई जोडेर योजना बनाउनुपर्ने उनको धारणा छ ।

सरकारी दुई अस्पतालसँगै मेडिकल कलेज रिफरल बनेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पताल आउने ७० प्रतिशत हाराहारी बिरामी रिफरल हुने गरेको बताए । तीमध्ये आधाभन्दा बढी बाहिरी जिल्लाका हुने र उनीहरुको खाने बस्ने यहीँका होटल रेष्टुराँमा हुँदा अस्पतालमा गर्ने खर्चभन्दा बढी होटल रेष्टुराँमा हुने गरेको उनले बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies