Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कर नतिर्ने क्यासिनोबाट एक अर्ब पाँच करोड रुपैयाँ राजस्व उठाएँ : मन्त्री आले

'गठबन्धनलाई इमान्दार भएर पालना गर्नुपर्छ'

खबरडबली संवाददाता
भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन्।
 
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्तपुरमा आजदेखि सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उहाँले आफू पदमा रहँदा कुनै पनि विचलन हुने काम भए तत्कालै पद छाड्ने बताए । 
 
देशका गलत तत्वलाई ठेगान लगाउन आफू मन्त्री भएको बताउँदै उनले कहीँकतै त्यस्ता तत्व भए खबर गर्न आह्वान गरे । 
 
विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भने, “क्यासिनोको कर उठाउन मैले पटकपटक सूचना निकालेर ताकेता गरेँ, तर अटेर गरे, उनीहरु अटेसमटेस भएनन्, विगतका प्रत्येक मन्त्रीको गोजीमा एक÷दुई करोड हालिदिएपछि सबै चुप लाग्ने रैछन्, मलाई त्यस्तै सोचेर मन्त्रालयको ढोकासम्म आउने र मन्त्री भेट्नुप¥यो भने, मैले पहिला कर तिरेर मात्रै भेट्न आउनुस् भनेर पठाएँ, राज्यको कर नतिर्ने क्यासिनोबाट मैले एक अर्ब पाँच करोड रुपैयाँ राजस्व उठाएँ ।”
 
भोलिदेखि आचारसंहिता लाग्ने भएकाले पाँच दलीय गठबन्धनको अबको बैठकले ७७ वटै जिल्लामा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सबै पदमा तालमेलको स्पष्ट खाकासहितको सहमति बन्ने बताउँदै सोही सहमतिलाई सफल पार्न निर्वाचनका लागि गठबन्धन सक्रिय भएर लाग्न उनले आग्रह गरे । 
 
दुई वर्ष कोरोनाले थलिएको व्यापार व्यवसायमा यस प्रकारको मेलाले धेरै राहत दिने भएकाले यस्ता मेला आवश्यक भएको उनको भनाइ थियो । त्यस अवसरमा वाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले सत्ता गठबन्धनलाई संसदीय निर्वाचनसम्म नै लैजाने बताए । 
 
कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आउँदो चुनावमा एमालेलाई सबै ठाउँबाट परास्त गरेर जवाफ दिने बताए ।
 
त्यसअवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष डिपी ढकाल, नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले सत्ता गठबन्धनलाई कसिलो बनाएर चुनावी अभियानमा लाग्ने बताए । 
 
कार्यक्रममा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले वैशाख ४ गतेसम्म आयोजना हुने मेलामा २०० वटा कक्ष राखिएको र मेलामा एउटै छानामुनि विभिन्न सामान बिक्रीमा राखिएको बताए ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy