काठमाडौं । नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।
याँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो । बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उनले सुनाए।
बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । अहिले पनि पशुपतिनाथमा भइरहेको आरतीलगायत धार्मिक गतिविधिमा हजारौँ दर्शनार्थी लाम लागेका छन् । दर्शनार्थी व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहरा गणका प्रहरी पनि खटिएका थिए ।
पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा २८० जनाले रसिद काटेर विशेष पूजा गरेका छन् । पशुपतिनाथमा २२० र वासुकीनाथमा ६० जना भक्तजनले रसिद काटेर विशेष पूजा गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।
काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८१ - ०९:३३
काठमाडौं । आइतबार काठमाडौँमा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालेको जुलुसमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यन...
फाल्गुन २६ गते, २०८१ - ०९:२६
इजरायलले गाजामा बन्द गर्यो विद्युत आपूर्ति, पानी पनि नदिने
फाल्गुन २६ गते, २०८१ - ०९:१८
काठमाडौं । नेपालमा 'राजावादी' भनेर चिनिने राजनीतिक शक्तिहरूले राजतन्त्र पुनर्बहालीको मागसहित पछिल्लो समय शक्ति प्रदर्शन बाक्लो बनाएका छन्। ...
फाल्गुन २६ गते, २०८१ - ०९:०४
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा ८ बजेदेखि बैठक बसिरहेको हो। तराई-मधेस जागरण अभियान बीचम...
फाल्गुन २६ गते, २०८१ - ०८:५४
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सार्वज...
फाल्गुन २६ गते, २०८१ - ०८:३६
रामपुर । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु ...
फाल्गुन २६ गते, २०८१ - ०८:३१
तनहुँ । तनहुँको भानु मार्गको काम पछिल्लो समय तीव्र रूपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ...
फाल्गुन २६ गते, २०८१ - ०७:२७
काठमाडौँ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतय...
फाल्गुन २६ गते, २०८१ - ०७:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...
फाल्गुन २६ गते, २०८१ - ०७:२०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्...
प्रतिकृया लेख्नुहोस्: