काठमाडौं । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।
वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ ।
यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली डायस्पोरामा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने कलाकार रावललाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
विसं २००४ चैतमा म्यान्माको मोगोकमा जन्मनुभएका वरिष्ठ कलाकार रावलका ‘सुन मायालु’, ‘दुःखीको दाइजो’, ‘जम्काभेट’लगायत कृति प्रकाशित छन् भने दर्जनौँ नेपाली चलचित्र तथा नाटकमासमेत निर्देशन र अभियन गरेका छन्।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (२०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (२०५९), वरिष्ठ समालोचक यदुनाथ खनाल (२०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (२०६१), वरिष्ठ उपन्यासकार डायमनशम्शेर राणा (२०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (२०६३), वरिष्ठ कवि मोहन कोइराला (२०६४), वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी (२०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (२०६६), वरिष्ठ कवि वैरागी काँइला (२०६७, वरिष्ठ कवि धर्मराज थापा (२०६८), वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी (२०६९, वरिष्ठ चित्रकार शशि शाह (२०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (२०७१), वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ (२०६७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (२०७३), वरिष्ठ समालोचक प्रा डा तारनाथ शर्मा (२०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (२०७५), वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६), आख्यानकार डा ध्रुवचन्द्र गौतम (२०७७) र लोकगायक कुमार बस्नेत (२०७८)लाई सम्मान गरिएको थियो ।
यसैगरी प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (२०५७), साहित्यकार विनय रावल (२०५८), नाटककार अशेष मल्ल (२०५९), गजलकार ज्ञानुवाकर पौडेल (२०६०), साहित्यकार मञ्जुल (२०६१), कथाकार मधुवन पौडेल (२०६२), कवि विष्णुविभु घिमिरे (२०६३), कवि कृष्णभूषण बल (२०६४), कथाकार भुवन ढुङ्गाना (२०६५), कथाकार सनत रेग्मी (२०६६), कवि विजय बजिमय (२०६७), समालोचक डा रामदयाल राकेश (२०६८), कथाकार डा वेञ्जु शर्मा (२०६९), चित्रकार किरण मानन्धर (२०७०), कलाकार नीर शाह (२०७१), गायक दीप श्रेष्ठ (२०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (२०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (२०७४), गायक भक्तराज आचार्य (२०७५), कलाकार हरिवंश आचार्य (२०७६), साहित्यकार सरुभक्त (२०७७) र गायिका मीरा राणा (२०७८)लाई प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: