Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

गठबन्धनमा गडबड : बालुवाटारमा कुरा मिल्यो, स्थानीय तहमा विवाद छताछुल्ल

सहमति बन्न नसके मित्रवत् प्रतिस्पर्धा गर्ने समझदारी

खबरडबली संवाददाता

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीच आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको बालुुवाटारमा भागबण्डा मिल्दा कार्यकर्ता स्तरमा चर्को विवाद उत्पन भएको छ। 

३ महानगर र ७ उपमहानगरको नेतृत्व पाएको कांग्रेसमा चर्को असन्तुष्टि देखिएको हो। 

तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरुको बुधबार बसको बैठकले भागवण्डा टुंगो लगाइएको थियो। 

गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ । 

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ ।  नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। 

त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले बीरगंज महानगरपालिका र विराटनगरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ । 

उपमहानगरमा काँग्रेसले इटहरी, धरान, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने सहमति भएको छ भने माओवादीले जितपुर सिमरा र घोराहीको प्रमुख पाएको छ । एकीकृत समाजवादीले हेटौंडा पाउँदा जसपाले जनकपुर पाएको छ । 

दलहरुबीच केन्द्रमा भागवण्डा टुंगो लाग्दा स्थानीय स्तरमा बिरोध भइरहेको छ भने नेताहरुले असन्तुष्टि जनाएका छन् । जनकपुर र वीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ काँग्रेस कार्यकर्ताहरु क्रुद्ध भएका छन् । 

काँग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले यो निर्णय स्वीकार नगर्ने चेतावनी दिए । निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी नेता कार्यकर्ताले दिएका छन् । 

हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय काँग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन् । बुधबार दिउँसै उनीहरुले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए ।

सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । तर काँग्रेस कार्यकर्ताहरु सन्तुष्ट छैनन् । 

स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै काँग्रेसले आफूले पाएमात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ । केन्द्रमा गठबन्धन बनेसँगै पोखरा महानगर समितिले कास्की काँग्रेसको कार्यालयमा तालाबन्दी गरेको छ । 

काँग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबण्डामा असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ । 

जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख काँग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरु आक्रोशित बनेका हुन् । उनीहरुले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन् । 

मित्रवत् प्रतिस्पर्धाको पनि समझदारी

गठबन्धनबीच सहमति बन्न नसके मित्रवत् प्रतिस्पर्धा गर्ने समझदारी बनेको छ। 

‘‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देशन गरिन्छ' सहमति पत्रमा भनिएको छ, 'साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो।'

सहमति पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending