काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।
आइतबार राति एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सहमति गरेका हुन्। भरतपुरको मेयरमा राप्रपाले एमालेलाई सघाउने र उपमेयरमा राप्रपालाई एमालेले सघाउने सहमति भएको चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए।
भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ। यसअघि एमालेसँग चुनावी तालमेल गर्ने सहमति नभएको भन्दै राप्रपाले भरतपुर महानगरका अध्यक्ष दिपक थापालाई भरतपुरको मेयरको उम्मेदवार बनाउने तय गरेको थियो ।
राप्रपालाई भरतपुर महानगरपालिकाको १५ र २६ नम्वर वडा दिने पनि सहमति भएको छ। भरतपुरको ४,११, १६,१९ र २४ नम्वर वडामा भने मित्रवत् प्रतिस्पर्धा हुने न्यौपानेको भनाइ छ।
यसअघि राप्रपाले भरतपुरको उपमेयर माग गरेपनि एमालेले दिन नमानेपछि सहमति हुन सकेको थिएन। तर,आइतबार दिनभर लगातार बसेको बैठकपछि एमाले राप्रपालाई उपमेयर दिन सहमत भएको हो।
भरतपुरमा गठबन्धनविरुद्व जीत निकाल्नको लागि अन्ततः एमाले राप्रपालाई सहयोग गर्न सहमत भएको हो। एमालेले यसअघि नै राप्रपा नेपालसँग पनि चुनावी तालमेल गर्ने सहमति गरिसकेको छ। एमालेले दुई राप्रपासँग चुनावी तालेमल गरेपछि गठबन्धनको उम्मेदवार रेणु दाहाललाई जित्न चुनौती देखिएको छ। एमालेको उम्मेदवार सुवेदी पनि लोकप्रिय उम्मेदवार हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: