Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

मुक्तानको प्रतिवद्धता : विपन्नलाई नि:शुल्क एम्बुलेन्स, घर-घरमै वृद्धभत्ता

खबरडबली संवाददाता

चितवन । कालिका नगरपालिका ७ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार कमल मुक्तान घरदैलोमा व्यस्त छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षमा उठेका मुक्तान वडाबासी माझ लोकप्रिय छन्।

युवा उम्मेदवार मुक्तानले वडाध्यक्षमा विजयी भए वडा भित्रका विपन्न वर्गका लागि निस्शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्। कालिका ७ मा धेरै पिछडिएको वर्गको बसोबास रहेकोले उनीहरुका लागि निस्शुल्क एम्बुलेन्सको व्यवस्थालाई आफुले प्राथमिकतामा राखेको उनले बताएका हुन्।

‘यहाँ धेरै विपन्न वर्गको बसोबास छ। उहाँहरुले अस्पतालसम्म जानका लागि एम्बुलेन्स भाडा तिर्न समेत नसक्ने अवस्था छ, उनले भने, ‘त्यस्ता पिछाडिएका र विपन्न वर्गका लागि अस्पतालसम्म जान निस्शुल्क एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता जनाउन चाहन्छु।’

यस्तै उनले वृद्धवृद्धाहरुका लागि घर(घरमै वृद्धभत्ता पुराउने व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन्। उनले आफु विजयी भए वृद्धभत्ताका लागि बैंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन्। बैंकसँग समन्वय गरेर वडा कार्यालय मार्फत नै घर(घरमा वृद्धभत्ता पुराउने व्यवस्था गरिने उनको प्रतिवद्धता छ।

मुक्तानले युवाहरुका लागि सिपमुलक तालिम ल्याउने बताएका छन्। बिरोजगारी अन्त्यका लागि सिपमुल्क तालिम सञ्चालन गरेर युवाहरुलाई स्वरोजगार बनाउने उनको योजना छ। कृषिमा लाग्न चाहनेहरुलाई फार्म दर्ता गराई बिभिन्न अनुदान तथा बिना धितो ॠण उपलब्ध गराउन प्रयास गर्ने समेत उनले बताए।

कालिका ७ मा भूमिहिन सुकुम्बासीहरुको बसोबास रहेको छ। त्यस्ता भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरणका लागि नगरपालिकासँग समन्वय गरेर पहलकदमी गरिने उनले बताए। यस्तै वडा भित्रका बस स्टेसनहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन्।

उनले वडा भित्र अनिवार्य रुपमा स्वास्थ्य बीमा लागू गर्ने बताए तथा अती विपन्न तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि उनले बताए। सिचाँईको उचित व्यवस्थापन, डुबान नहुने गरी निकास, कच्ची सडकमा कालोपत्रे, बाटोको स्तरोन्नती, सबै वडाबासीमा शिक्षा, स्वास्थ्यको पहुँच, कृषिलगायतलाई आफुले प्राथमिकतामा राखेको उनले बताए।

उनले जनताको सेवकको रुपमा सेवा गर्नका लागि आफु चुनावी मैदानमा उत्रिएको भन्दै अहिलेका प्रतिवद्धता पुरा गर्ने बताए। मतदाताहरु पनि सत्ता गठबन्धन दलहरु प्रति सकारात्मक रहेका छन्। पालिकासँगै कालिका ७ मा गठबन्धनको जित हुने वडाध्यक्ष पदका उम्मेदवार मुक्तानले विश्वास व्यक्त गरे। ‘मतदाताहरु सकारात्मक हुनुहुन्छ। गठबन्धनले जित्नेमा विश्वस्त छु।’ उनले आफुहरुले मतदाताको मन जितिरहेको दाबी गरे।

उनले गठबन्धनका उम्मेदवारहरु अत्याधिक मतका साथ विजयी गराउन वडाबासीलाई आग्रह समेत गरे। कालिकामा सत्ता गठबन्धनले मेयरमा कांग्रेसका शिवराम केसीलाई उठाएको छ। यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रबाट सबिता लामा उम्मेदवार छिन्।

वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसबाट कमलराज मुक्तान, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी फुलमाया कुमाल, दलित महिला सदस्यमा माओवादी केन्द्रकी बिष्णुमाया परियार तथा खुला सदस्यमा कांग्रेसका पुस्कल बस्नेत र माओवादी केन्द्रका खड्कबहादुर विक रहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ...

सरकारको आधारभूत अस्पताल बनाउने योजना महत्त्वाकाङ्क्षी, कार्यान्वयन सुस्त

पर्सा । सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका चार पालिकासहित मुलुकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सार्‍यो । योजन...

राष्ट्रपतिको आह्वान- देशको परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान निर्वाचनलाई सफल बनाऔँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढ...

सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युष्टि पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई ...

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending