Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

‘हाम्रीले जिते स्थानीयको दैनिकीमा सुधार ल्याउने गरी काम गर्छौं’

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको दक्षिण भेगमा पर्ने बागमती गाउँपालिकाका उम्मेदवार चुनावी प्रचारप्रसार घरदैलो व्यस्त छन् । यस्तै पालिकाको उपाध्यक्ष उम्मेदवार बनेका भक्तवहादुर दलार्मीले चुनावी प्रचारलाई तीब्रता दिएका छन् । 

उनी स्थानीयको घरघरमा पुगेको छन् । आफ््नो चुनावी योजनासहित स्थानीयको घरधुरीमा पुगेका उनले आफू निर्वाचित भएपनि पालिकाको शिक्षा, सवास्थ्य, रोजगार, सडक पूर्वाधार जस्ता क्षेत्रमा उल्लेखनीय काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

दलार्मी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । गठबन्धनको तालमेलपछि पालिकाको उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको हो । त्यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका वीर वहादुर लोप्चन उम्मेदवार बनेका छन् । 

स्थानीय तहको चुनाव नजिकिँदै गर्दै दुवै उम्मेदवारहरु स्थानीयको घरघरमा पुगेर आफ्ना आगामी चुनावी योजनाका बारेमा जानकारी गराउँदै भोट मागिरहेका छन् । 

दलार्मीले आफ्ले यसपटक उपाध्यक्षमा जिते पालिकालाई शिक्षाको हव बनाउने, शिक्षामा सुधार ल्याउने, ग्रामिण जनताको आयस्तरमा सुधार हुने काम गर्ने, पालिकाको स्रोत तथा वित्तीय व्यवस्थापन गर्ने, कृषिलाई प्राथमिकतामा राख्ने, पालिकालाई जिम्मेवार र जवाफदेहि बनाउने, नीति योजना तथा प्रशासनिक सुधार ल्याउने, युवाहरुलाई रोजगार सिर्जना गर्ने लगायत योजना अघि सारेका छन् । 

उनले पालिका अध्यक्षसँग समन्वय गरी विगत थालनी गरेका योजनालाई पनि पूर्णता दिन लागि पर्ने बताएका छन्् । 

‘यस पालिकामा धेरै विकासमा काम गर्नुपर्ने देखिन्छ, यहाँको शिक्षा, स्वास्थ्य र कृषिमा बढी जोड दिने हाम्रो यसपटकको योजना छ,’ उनले भने, ‘यदी चुनावी जितियो भने स्थानीयको दैनिकीमा सुधार ल्याउने गरी काम गर्छौं ।’ 

उनले अघिल्लोे नेतृत्वले प्रभावकारी भुमिका निभाएको र पालिकाको विकासको रुपरेखा कोरेकोले अव त्यसलाई व्यवस्थित पार्न आफू लागिपर्ने जानकारी दिए । उनले गठबन्धन टिमले चुनाव जिते पालिकालाई कायापलट पार्ने बताए । 

यो गाउँपालिका राजधानी नजिक भएर पनि दुर्गम मानिन्छ । बागमती गाउँपालिकाका वडाहरु मकवानपुरसम्म जोडिएका छन् । यहाँको ग्रामिण जीवनशैली कष्टकर मानिन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोस्रो पटक हमलाको प्रयासपछि ट्रम्प- मलाई कुनै कुराले पछाडि धकेल्न सक्दैन, आत्मसमर्पण गर्दिनँ

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई "हत्या गर्ने दोस्रो प्रयास" भएको तर उनी सुरक्षित रहेको अमे...

अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुल्यो

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले...

आजको विदेशी मुद्राको विनिमय दर : युरो बढ्यो, अमेरिकी डलर बढेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । ...

बारामा काँकडभिट्टाबाट दाङतर्फ जाँदै गरेको बस पुलबाट खस्यो

बारा । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्।  गएराति १२ बजे काँकडभिट्टादेख...

आइसिसी विश्वकप लिग-२ मा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे खेल सुरू हुनेछ। ल...

मनसुन फेरि सक्रिय, देशभर भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव ...

‘हिंसा’ शब्दमा सहमति खोज्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा १२ बजेर १५ मिनेटमा बस्नेगरी सभामुखले बैठक...

नारायणगढ-मुग्लिन सडक भासियो, एकतर्फी यातायात सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ। सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।  चितवनको इच्छाकामना गाउँपालिका–...

रवि लामिछाने दोषी रहेको सहकारी छानबिन समितिको निष्कर्ष

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ।  आइतबार दिउँसो २...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy